मनोरञ्जन

‘फष्ट ब्लड’ सर्ट फिल्मले जित्यो पहिलो पुरस्कार
SHARES

कात्तिक १६, २०७५

    काठमाडौं : आर आर श्री स्कुल अफ टेक्नोलोजीले निर्माण गरेको एनिमेटेड चलचित्र ‘फष्ट ब्लड’ले ‘सम्मानजनक महिनावारीका’ विषयमा गरिएको चलचित्र प्रतियोगितामा पहिलो पुरस्कारस्वरूप ५० हजार रुपैयाँ हात पारेको छ। डेनमार्कस्थित गैह्र सरकारी संस्था डिसिए नेपालले आयोजना गरेको छोटो भिडियो प्रतियोगितामा अन्य आठ फिल्मलाई उछिन्दै फष्ट ब्लड प्रथम हुन सफल भएको हो।

    सम्मानजनक महिनावारीका विषयलाई उठान गर्नका लागि यो प्रतियोगिताको आयोजना गरिएको थियो। डिसिए नेपालका देशीय निर्देशक डेभिड वालेस स्मिथले यस्ता सामाजीक विषय उठानका लागि गरिएको यो महत्वपूर्ण प्रयास भएको बताए। उनले आगामी दिनमा पनि समाजका यस्ता महत्वपूर्ण विषयहरूलाई प्रतियोगिता तथा अन्य माध्यमबाट डिसिए नेपालले सदैव प्रमुखताका साथ उठान गरिरहने प्रतिबद्धता पनि व्यक्त गरे। डिसिए नेपालले गत वर्षदेखि विभिन्न सामाजिक विषयमा हरेक वर्ष छोटो चलचित्र प्रतियोगिता गर्दै आएको छ।

    रेवती गुरुङ निर्देशित ‘राजवती’ले दोश्रो पुरस्कार, आश्मा गौतम निर्देशित ‘शिखा मैनबत्तीको (रिईम्याजिन्ड)ले तेश्रो पुरस्कार हात पार्‍यो भने मधु खड्काको ‘ब्रेकिङ द स्टिग्मा’ले अडियन्स अवार्ड जित्न सफल भयो। विजेताहरूले प्रमाणपत्रको साथमा क्रमशः ३० हजार, २० हजार र १० हजार प्राप्त गरे।

    'महिनावारी भएको महिलालाई रजोवति भनिने गरिदो रहेछ। हामीले यहि सामाजमा दैनिक घटिरहने घटनालाई चलचित्रमा उतारेका छौँ,' रेवती गुरुङले भनिन्। त्यस्तै आर आर श्री स्कुल अफ टेक्नोलोजीका रमेश मान श्रेष्ठले यो चलचित्र फष्ट ब्लड निर्माणका बेला आफ्ना महिला सहकर्मीसँग समय बिताएर महिनावारीका बारेमा कुरा गरेर, यसले पारिरहेको मानसिक असरलाई उजागर गर्न खोजेको बताए। त्यस्तै आश्मा गौतमले यस्ता प्रतियोगिताले ‘सामाजीक बिषयमा अझ धेरै चलचित्र बनाउन प्रोत्साहन गरेको’ बताइन्।

    आवेदन परेका फिल्म मध्यबाट नौवटा फिल्म प्रतियोगिताका लागि छानिएको थियो। विभिन्न अन्तर्राष्ट्रिय पुरस्कार विजेता निर्देशक दीपक रौनियार, मदन पुरस्कार विजेता लेखिका तथा महिला अधिकारवादी राधा पौडेल र पानी तथा सरसफाईका विज्ञ गुण राज श्रेष्ठ सम्मिलित ‘जुरी’को समूहले चार चलचित्रको छनोट गरेका हो।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
मुक्तिश्री टावर
नयाँ बानेश्वर, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: news@thahakhabar.com
फोन : ९७७-१- ४७८६५६२
बिज्ञापनः ad@thahakhabar.com
फोन : ९७७-१-४७८६१९८ ९८४१३०४३९१ (प्रेम) / ९८१८३४३६६९ (विनय)

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]