समाज

भारतीय उत्पादनले बजार ढाकेपछि बिकेनन् नेपाली फूल
SHARES

कात्तिक २१, २०७५

    काठमाडौं : स्वदेशमा उत्पादित फूलको उचित मूल्य नपाएपछि किसानहरू चिन्तित भएका छन्। भारतबाट आयातित फूलका कारण यहाँ उत्पादन हुने फूलले उचित मूल्य नपाएको गुनासो फूल उत्पादकको छ । 

    आफूले उत्पादन गरेको फूल बिक्रीका लागि काठमाडौँसम्म आइपुग्दा पनि लगानी अनुसारको मूल्य नपाएपछि काभ्रेपलाञ्चोक चौँरीदेउराली गाउँपालिकाका शिवशङ्कर चौलागाईं निराश छन्। 'मेहनत गरेर यहाँसम्म फूल बिक्री गर्न ल्यायो, तर फूलले बजार नै पाउँदैन', उनले भने।

    भारतीय फूलका मालाले बजार पाइरहेका बेला नेपाली मालाले भने बजार नपाउनु दु:खद भएको चौलागाईँको भनाइ छ। 'भारतीय फूल पसलमा सजाएर राखिन्छन्, तर नेपाली फूल सडक पेटीमा सजाएर राखिँदा पनि बिक्री हुन गाह्रो हुन्छ', उनले भने। भारतबाट फूल आयात नरोकिएसम्म नेपाली फूलको मालाले बजार नपाउने उहाँको भनाइ छ । 

    स्वदेशमा उत्पादन हुने फूलको बजारमा खासै माग नभएको अनुभव काभ्रेकी समिता घिमिरेको छ। 'काठमाडौँसम्म फूल बिक्री गर्न आयो, गाडीभाडासमेत उठ्दैन', उनले भनिन्। 

    नेपाली बजारमा ६ करोड ६० लाख मूल्य बराबरको फूलको कारोबार भइरहेको भनिरहँदा भारतबाट ४० लाख रुपैयाँको फूल आयात भइरहेको जनाइएको छ।फ्लोरिकल्चर एसोसियनका उपाध्यक्ष रामजीप्रसाद तिमल्सिनाका अनुसार यस वर्षको तिहारमा ११ लाख माला खपत हुने अनुमान छ। 

    बजारमा सयपत्री प्रतिमाला ४० देखि १०० रुपैयाँसम्म बिक्री भइरहेको छ। मखमली प्रतिमाला २५ देखि ४० रुपैयाँसम्म बिक्री भइरहेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल-thahakhabar16@gmail.com
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४/९८४१३०४३९१ (प्रेम)
इमेल: ad@thahakhabar.com

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]