खेलकुद

एएफसी यू-२३ च्याम्पियनसिप छनोटको ड्र : नेपाल कठिन समूहमा
SHARES

कात्तिक २२, २०७५

    काठमाडौं : थाइल्याण्डमा आयोजना हुने एएफसी यु–२३ वर्षमुनिको च्याम्पियनमा नेपाल कठिन समूहमा परेको छ। एसियाली फुटबल महासंघ (एएफसी)ले जारी गरेको खेल तालिकामा नेपाल समूह ‘ए’ मा परेको हो।

    नेपालको समूहमा कतार, ओमान र अफगानिस्तान छन्। उक्त छनोट चरण आगामी मार्च २२ देखि २६ तारिखसम्म कतारमा हुनेछ। अघिल्लो संस्करणको छनोट चरणको खेलमा नेपाली यू–२३ टोली छनौट चरणबाटै बाहिरिएको थियो। 

    छनोट चरणको खेलमा ४४ राष्ट्रले सहभागिता जनाउँदैछन्। सहभागी टोलीलाई ११ समूहमा विभाजन गरिएको छ। सो प्रतियोगिताबाट आयोजक थाइल्याण्डसहित १६ टोली अन्तिम चरणका लागि छनोट हुनेछन्।

    च्याम्पियनसिप आगामी सन् २०२० जनवरी ८ देखि २६ तारिखसम्म थाइल्याण्डमा हुनेछ। 
     

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल-thahakhabar16@gmail.com
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४/९८४१३०४३९१ (प्रेम)
इमेल: ad@thahakhabar.com

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]