समाज

अाफ्नै दिदीबहिनी, दाजुभाइ नहुनेले कोसँग लगाउने टीका?
SHARES

फाइत फोटो
कात्तिक २३, २०७५

    भाइटीका अर्थात् दिदीबहिनीले दाजुभाइलाई टीका लगाएर दीर्घायुको कामना गर्ने दिन। अाफ्नै दिदीबहिनी हुने दाजुभाइले त उनीहरूसँग टीका लगाउँछन्। नहुनेले के गर्ने?

    सहोदर (एउटै अामाका सन्तान) दिदीबहिनी नहुने दाजुभाइले काका, मामा वा फुपूका छोरीको हातबाट टीका लगाउने चलन छ। यस्तै कतिले बुबाका दिदीबहिनी अर्थात् फुपूको हातबाट टीका लगाउँछन्।

    दिदीबहिनीकी छोरी अर्थात् भाञ्जीबाट पनि टीका लगाउन हुन्छ भन्ने मान्यता कतैकतै चलेको पाइन्छ। कोही नभए तुलसीको डाँठले आफैंले टीका लगाउने पनि भेटिन्छन्।

    काठमाडौंमा भने दिदीबहिनी नहुनेहरू रानीपोखरीस्थित बालगोपाल वा यमलेश्वर महादेवको दर्शन गर्छन्। मन्दिर परिसरमा भेटिने दिदीबहिनीको हातबाट निधार सप्तरंगी बनाउने पनि धेरै हुन्छन्।
     

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल-thahakhabar16@gmail.com
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: mkt.thahakhabar@gmail.com

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]