समाज

दुर्घटनाग्रस्त तारा एयर पाँच महिनापछि काठमाडाैं उड्याे
SHARES

कात्तिक २३, २०७५

    काठमाडाैं :  दुर्घटनाबाट क्षतिग्रस्त तारा एयरले जहाज मर्मत गरेर झण्डै पाँच महिनापछि उडान भरेको छ। गत जेठ २६ गते जुम्ला विमानस्थलमा अवतरणका क्रममा टायर पञ्चर भएर तारा एयरको जहाज दुर्घटना भएको थियो। आवश्यक मर्मतपछि सो जहाज बिहीबार काठमाडौँका लागि उडान भरेको छ। तारा एयरलाइन्सको ९ एन एइभी कलसाइन भएको जहाज दुर्घटना भएपछि जुम्ला विमानस्थलमा पार्किङ गरेर राखिएको थियो।

    नागरिक उड्डयन प्राधिकरण जुम्लाका प्रमुख कैलाश शर्माले विमानस्थलको धावन मार्गमा परीक्षण गरेपछि काठमाडौँका लागि जहाजले उडान गरेको बताए। जहाजलाई क्याप्टेन प्रभाकर घिमिरे र अर्का क्याप्टेन आइआर जोशीले उडान गरेका छन्। जहाज मर्मतका लागि एक महिनादेखि क्यानडा, स्विट्जरल्याण्डका प्राविधिक जुम्लामै आएर मर्मत गरेका थिए। प्रमुख शर्माले भने, 'जहाज उडाउनुभन्दा अघि जहाजको अवस्थाका बारेमा परीक्षण भएको थियो, इन्जिनियर र क्याप्टेनको टोलीले जहाज उडान भर्न योग्य देखेपछि काठमाडौँका लागि उडान गरिएको हो।'

    गत जेठ २६ गते क्याप्टेन जेके निरौला र कोपाइलट हिम्मत रोकायाले उडाएको जहाज जुम्ला विमानस्थलमा अवतरण गराउँदा टायर पञ्चर भएपछि दुर्घटना भएको थियो। 

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल-thahakhabar16@gmail.com
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: mkt.thahakhabar@gmail.com

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]