समाज

नवलपरासीमा एक पुरुष मृत फेला
SHARES

कात्तिक २३, २०७५

    नवलपरासी : नवलपरासीको हुप्सेकोट गाउँपालिका १ जुगेपानीमा एक जना ५० वर्षीय पुरुषको शव भेटिएको छ।

    जिल्ला प्रहरी कार्यालय नवलपरासी बर्दघाट सुस्ता पूर्वका अनुसार हुप्सेकोट १ जुगेपानीमा चन्द्रबहादुर सोमै मगरको बन्दै गरेको घरगोठमा राखेको परालमा मृत अवस्थामा वेवारिस शव फेला परेको हो।

    शव पोष्टमाटर्मको लागि प्राथमिक स्वास्थ्य केन्द्र चोरमारामा राखिएको छ। स्थानीय गाउँमा मागिखानेको मृत्यु भएको र उनको सनाखत नभएको प्रहरीले जनाएको छ। गहुँ गोरो वर्णको, गाला र चिउँडोमा आगोले पोलेको जस्तो दाग देखिएको, पाँच फिट पाँच इन्च अग्लो पुरुषको सनाखत हुन नसकेको हो।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
मुक्तिश्री टावर
नयाँ बानेश्वर, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: news@thahakhabar.com
फोन : ९७७-१- ४७८६५६२
बिज्ञापनः ad@thahakhabar.com
फोन : ९७७-१-४७८६१९८ ९८४१३०४३९१ (प्रेम) / ९८१८३४३६६९ (विनय)

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]