राजनीति

प्रहरीद्वारा ‘निःशुल्क एसएमएस सेवा’ सञ्चालन
SHARES

प्रतीकात्मक तस्वीर
मंसिर २, २०७५

    काठमाडौं : नेपाल प्रहरीले ‘निःशुल्क एसएमएस सेवा’ पनि सञ्चालनमा ल्याएको छ।

    अपराध नियन्त्रणका लागि नागरिकको सूचना लिने कामलाई अझै सहज बनाउन नेपाल प्रहरीले आइतबारबाट ‘निःशुल्क एसएमएस सेवा’ पनि सञ्चालनमा ल्याएको हो। १३औँ महानगरीय प्रहरी दिवसको अवसर पारेर आइतबार एक कार्यक्रमका बीच सो सेवाको शुभारम्भ गर्दै निमित्त प्रहरी महानिरीक्षक पुस्कर कार्कीले अपराध नियन्त्रणका लागि नागरिकसँग अझै सहज ढंगले सूचना लिन सो सेवाको पनि सुरुवात गर्नु परेको स्पष्ट पारे।

    नेपाल प्रहरीको टोल फ्रि नम्बर सयमा नै एसएसएस पठाउँदा शुल्क नलाग्ने व्यवस्था गरिएको छ। नेपाल प्रहरीलाई सो सेवा नेपाल टेलिकमले उपलब्ध गराएको हो। कार्यक्रममा बोल्दै निमित्त प्रहरी महानिरीक्षक कार्कीले सो सेवा निःशुल्क रूपमा उपलब्ध गराइ दिएकोमा नेपाल टेलिकमप्रति आभार व्यक्त गरे। उनले समाजमा शान्ति, सुरक्षा कायम गर्न र अपराध नियन्त्रणका लागि नेपाल प्रहरीले प्रविधिको विकास र विस्तारमा विशेष जोड दिएको पनि उल्लेख गरे।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
मुक्तिश्री टावर
नयाँ बानेश्वर, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: news@thahakhabar.com
फोन : ९७७-१- ४७८६५६२
बिज्ञापनः ad@thahakhabar.com
फोन : ९७७-१-४७८६१९८ ९८४१३०४३९१ (प्रेम) / ९८१८३४३६६९ (विनय)

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]