राजनीति

नेकपा स्थायी समिति बैठकमा सरकारको समीक्षा हुने
SHARES

मंसिर २, २०७५

    काठमाडौं : नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का स्थायी समिति सदस्य अग्निप्रसाद सापकोटाले सरकारले जनताका चाहना र आकाङ्क्षा पूरा गर्ने गरी काम गर्नुपर्नेमा जोड दिएका छन्।

    आइतबार आयोजित साक्षात्कारमा नेता सापकोटाले सरकारले अल्पकालीन, मध्यकालीन र दीर्घकालीन योजना बनाउनुपर्ने बताउँदै नेकपाको सचिवालय र स्थायी समितिको अब बस्ने बैठकमा सरकारले आठ महीनामा गरेका कामका बारेमा समीक्षा हुने जानकारी दिए। सरकार अन्तर्राष्ट्रिय तथा द्विपक्षीय सम्बन्धलाई मजबुत बनाउन सफल भएको विचार पनि उनले व्यक्त गरेका थिए।

    राजनीतिक विश्लेषक प्रा. डा. सुरेन्द्र केसीले वर्तमान सरकारले नौ महीनामा चाहेजति काम गर्न नसकेको तथा मुलुकमा उद्योग तथा लगानीको वातावरण बन्न नसकेको पनि विचार राखेका थिए। ढिलासुस्ती गर्ने ठेकेदारलाई कारवाही तथा यातायात व्यवसायमा एकाधिकार प्रणाली हटाउने जस्ता सरकारको प्रयास प्रभावकारी नभएको उनको भनाइ थियो। 

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल-thahakhabar16@gmail.com
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४/९८४१३०४३९१ (प्रेम)
इमेल: ad@thahakhabar.com

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]