राजनीति

‘सरकारले जनमत अनुसार काम गर्नु पर्छ’
SHARES

File Photo
मंसिर २, २०७५

    भक्तपुर : नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का प्रमुख सचेतक देवप्रसाद गुरुङले सरकारले जनमत अनुसार काम गर्नुपर्ने बताएका छन्।

    रफत सञ्चार क्लबले आइतबार आयोजना गरेको कार्यक्रममा नेता गुरुङले जनताको जनमतअनुसार राज्यका सबै अङ्ग रुपान्तरण हुनुपर्ने बताए। 'संघीयता कार्यान्वयन गर्ने विषयमा केही अन्यौल देखिएकाले काममा केही ढिलासुस्ती भएको हो', उनले भने, 'संक्रमणकाल जारी रहेकाले व्यवस्थामा रुपान्तरण गर्दै जानुको विकल्प छैन।'

    उनले संविधानतः देशमा बहुदलीय प्रणाली रहेको भने तापनि देश दुई दलीय प्रणालीतर्फ जान लागेको बताए। दुई दलीय व्यवस्थामा जान लागेको अवस्थामा कम्युनिष्ट एक भएर जानुको विकल्प नरहेको उनको भनाइ थियो। हाल सदनमा प्रतिपक्षको भूमिका नकारात्मकभन्दा पनि सकारात्मक रहेकाले कांग्रेसले विभिन्न विधेयक पारित गर्दा देखाएको समर्थनले सो कुरा प्रष्ट्याएको र रचनात्मक प्रतिपक्षको भूमिका निर्वाह गरिरहेको नेता गुरुङले बताए।

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल-thahakhabar16@gmail.com
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४/९८४१३०४३९१ (प्रेम)
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: mkt.thahakhabar@gmail.com

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]