राजनीति

पहुँचका आधारमा योजना छनोट गर्ने प्रवृत्ति कायमै : मुख्यमन्त्री भट्ट
SHARES

मंसिर २, २०७५

    धनगढी : सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले पहुँचका आधारमा विकासका योजना छनोट गर्ने प्रवृत्तिले रहेको बताएका छन्।  राष्ट्रिय योजना आयोगको पहलमा आइतबारदेखि धनगढीमा शुरु भएको ‘दिगो विकास लक्ष्य मैत्री योजना, अनुगमन मूल्यांकन तथा तथ्यांकसम्बन्धी प्रदेशस्तरीय क्षमता विकास’ कार्यक्रममा मुख्यमन्त्री भट्टले यस्तो बताएका हुन्।

    ‘पहुँचका आधारमा योजना बन्ने प्रवृत्ति हटाउन नसकिए समृद्धि नआउने निश्चित छ’ मुख्यमन्त्री भट्टले भने। मुख्यमन्त्री भट्टले बदलिँदो परिवेशमा जनताको माग र आवश्यकताअनुसारका योजना बनाई प्रभावकारी कार्यान्वयन गर्ने संयन्त्र बनाउनुपर्नेमा जोड दिएका थिए। ‘अब समृद्धि र विकासको बाटोमा लम्कनुको विकल्प छैन’ मुख्यमन्त्री भट्टले भने, 'योजनाको प्रभावकारी कार्यान्वयन नभए प्रदेशको समृद्धिका परिकल्पना गर्न गाह्रो पर्छ।’

    सुदूरपश्चिम प्रदेशका सभामुख अर्जुन बहादुर थापाले सुदूरपश्चिम प्रदेशमा पर्यटक भित्र्याउने गरी नीति तथा कार्यक्रमहरू गर्नपर्ने बताएका थिए। ‘सुदूरपश्चिम प्रदेशको स्थायी राजधानी गोदावरीलाई नमूना राजधानी बनाएर पर्यटक भित्र्याउन सकिन्छ, हामी त्यसका लागि लागि पर्नुपर्छ’ सभामुख थापाले बताए।

    आर्थिक मामिला तथा योजना मन्त्री झपट वोहराले सुदूरपश्चिम प्रदेशमा बनाइने योजनाले समृद्ध मुलुक निमार्णमा टेवा पुग्ने विश्वास ब्यक्त गरे। मन्त्री वोहराले भने ‘काम कारबाही र त्यसको परिणामको आधारमा उपलब्धि हासिल गर्नेगरी योजना निमार्ण गर्नसके मुलुक नै समृद्ध बन्न सक्छ।’

    राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्राध्यापक डा. पुष्पराज कँडेलले आयोगले अहिले दीर्घकालीन सोच बनाउने, पन्ध्रौँ योजना बनाउने, तहगत रूपमा समन्वयका काम गर्ने, तथ्यांक प्रणाली बलियो बनाउनेलगायत कामलाई प्राथमिकता दिएको बताए।

    ‘सुदूरपश्चिम प्रदेशमा प्रचुर प्राकृतिक रहेको छ, पर्यटकिय क्षेत्रको मात्रै प्रवर्द्धन गर्ने गरी योजना निमार्ण गर्न सकेमात्रै पनि प्रदेशले फड्को मार्न समय लाग्लैन’ उपाध्यक्ष कँडेलले भने। आइतबारबाट सुरु भएको कार्यक्रम तीन दिनसम्म जारी रहने छ। कार्यक्रममा प्रदेश सरकारका मन्त्री, सभामुख, उपसभामुख, प्रमुख सचिव, सहसचिव, प्रदेशसभाका विषयगत समितिका सभापतिलगायतको सहभागिता रहेको छ।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
मुक्तिश्री टावर
नयाँ बानेश्वर, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: news@thahakhabar.com
फोन : ९७७-१- ४७८६५६२
बिज्ञापनः ad@thahakhabar.com
फोन : ९७७-१-४७८६१९८ ९८४१३०४३९१ (प्रेम) / ९८१८३४३६६९ (विनय)

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]