राजनीति

नेविसंघको दुई महिना म्याद थप्ने प्रस्ताव पेस
SHARES

मंसिर २, २०७५

    काठमाडौं : पार्टी मुख्यालय सानेपामा बसेको नेपाली कांग्रेसको केन्द्रीय समिति बैठकले भ्रातृ संस्था नेपाल विद्यार्थी संघको दुई महिना म्याद थप्ने प्रस्ताव पेस गरेको छ। आइतबार मध्यरातमा म्याद सकिन लागेको नेविसंघका विषयमा सहमति जुटाउन बसेको बैठकमा उक्त प्रस्ताव पेस गरिएको हो।

    नेविसंघको विधानको भाग ९ को धारा २६ अनुसा पाँच महिना थप्न पाइने व्यवस्थाअनुसार दुई महिना म्याद थप गर्न लागिएको पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले बताए। उक्त विधानअनुसार नै यसअघि कांग्रेसले नेविसंघको म्याद तीन महिना थपिसकिएको छ। सोही म्याद आइतबार मध्यरात सकिन लागेको हो।

    तर नेविसंघका अध्यक्ष नैनसिंह महराले दुई महिना म्याद थपले महाधिवेशन गर्न नसकिने बताउँदै आएका छन्। उनले दुई महिना म्याद थप गरे आफूले अध्यक्ष पदबाट राजीनामा दिने समेत चेतावनी दिएका थिए।

    अहिले पार्टी मुख्यालय केन्द्रीय समितिको बैठक जारी रहेको छ। बैठकले नेविसंघका विषयमा सहमति जुटाउने छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल-thahakhabar16@gmail.com
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४/९८४१३०४३९१ (प्रेम)
इमेल: ad@thahakhabar.com

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]