खेलकुद

एनआरटिको अर्को हार, एपिएफ २-१ ले विजयी
SHARES

मंसिर १८, २०७५

    काठमाडाैं : जारी शहीद स्मारक ‘ए’ डिभिजन लिगअन्तर्गत सिजनको पहिलो खेलमा त्रिभुवन आर्मीलाई २-२ गोलको बराबरीमा रोकेर सनसनी मच्चाएको न्यूरोड टिम एनआरटी त्यसपछि भने लगातार खराव प्रदर्शनको सिकार भइरहेको छ। मंगलबार भएको खेलमा पनि एनआरटिको हारको यात्रा रोकिएन। एपिएफसँग एनआरटी २-१ ले पराजित भयो।

    एन्फा कम्प्लेक्स सातदोबाटोमा एपीएफलाई जित दिलाउन युवराज लामा र सुदिप शिख्राकारले एक/एक गोल गरे। एनआरटीका राजेश परियारले एक गोल फर्काए पनि टिमको हार टार्न सकेनन्। एनआरटीविरुद्ध पहिलो हाफमा १-१ को बराबरी खेलेको एपीएफले दोस्रो हाफमा एक गोल थप्दै महत्वपूर्ण ३ अंक जोडेको हो। 

    खेलको तेस्रो मिनेटमा नै लामाले गोल गर्दै एपीएफलाई अग्रता दिलाएका थिए। तर खेलको १५ औं मिनेटमा राजेशले गोल गर्दै एनआरटीलाई खेलमा फर्काएका थिए। दोस्रो हाफमा एपीएफले पेनाल्टी प्राप्त गर्‍याे। एनआरटीका कप्तान प्रविनकुमार सैजुले डिबक्सभित्र युवराज खड्कालाई लडाए पनि पाएको पेनाल्टीमा सुदिपले ७३ औं मिनेटमा गोल गर्दै एपीएफलाई जित दिलाए।

    जितसँगै एपीएफले ६ खेलबाट ७ अंक जोडेको छ। र एपीएफ लिगको सातौं स्थानमा उक्लिएको छ। लिगमा १ अंक जोडेको एनआरटी तालिकाको पुछारमा छ।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
मुक्तिश्री टावर
नयाँ बानेश्वर, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: news@thahakhabar.com
फोन : ९७७-१- ४७८६५६२
बिज्ञापनः ad@thahakhabar.com
फोन : ९७७-१-४७८६१९८ ९८४१३०४३९१ (प्रेम) / ९८१८३४३६६९ (विनय)

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]