अर्थ

सुनको मूल्य बढ्यो
SHARES

प्रतीकात्मक तस्बिर
मंसिर १८, २०७५

    काठमाडौं : नेपाली बजारमा मंगलबार सुनको मूल्य बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार प्रतितोला ५७ हजार ४०० मा कारोवार भइरहेको छापावाल सुन मंगलबार ६०० रुपैयाँले बढेर प्रतितोला ५८ हजार ३०० रुपैयाँमा कारोवार भएको छ।

    अमेरिकी डलरको तुलनामा भारतीय रुपैयाँ कमजोर भएका कारणले आन्तरिक बजारमा पहेँलो धातुको मूल्य बढेको महासंघले जनाएको छ।

    आइतबार प्रतितोला ५७ हजार १०० रुपैयाँमा कारोवार भएको तेजावी सुन ९०० रुपैयाँले बढेर ५८ हजार रुपैयाँमा कारोवार भएको छ। केही दिन स्थिर रहेको चाँदी पनि २० ले बढेर ७२० रुपैयाँमा कारोवार भएको छ। महासंघले मंगलबार १० ग्राम सुनको मूल्य ४९ हजार ९८५ कायम गरेको छ। त्यस्तै १० ग्राम चाँदीको ६०९ कायम भएको छ।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल-thahakhabar16@gmail.com
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४/९८४१३०४३९१ (प्रेम)
इमेल: ad@thahakhabar.com

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]