खेलकुद

ए डिभिजन लिग : संकटा र एपिफ विजयी
SHARES

मंसिर १८, २०७५

    काठमाडौं : विभागीय टिम नेपाल पुलिस क्लबलाई २–१ गोल अन्तरले पराजित गर्दै सिएमजी संकटा क्लब पल्सर शहीद स्मारक 'ए' डिभिजन लिग फुटबलको दोस्रो स्थानमा उक्लिएको छ।

    एन्फा कम्प्लेक्स सातदोबाटोमा भएको प्रतिस्पर्धात्मक खेलमा संकटालाई जित दिलाउन सरोज दाहाल र दिपेश आले मगरले एक/एक गोल गरे। पुलिसका रबी पासवानले एक गोल फर्काए।

    खेलको २९ औं मिनेटमा सरोजले हेड गोल गर्दै संकटालाई अग्रता दिलाए। खेलको ३७ औं मिनेटमा दिपेशले गोल गरेपछि संकटाले २ – ० को अग्रता बनायो। त्यसपछि खेलको ३९ औं मिनेटमा रवीले एक गोल फर्काए पनि पुलिस २ – १ ले पराजित भयो।

    जितसँगै दोस्रो स्थानमा उक्लिएको संकटाले ६ खेलबाट १५ अंक जोडेको छ। संकटाको यो पाँचौ जित हो। जितपछि संकटाले शीर्ष स्थानको सिग्नेचर मनाङ मर्स्याङ्दीसँग पनि अंक बराबर गरेको छ। पराजित पुलिस १० अंक जोडेर लिगको पाँचौ स्थानमा छ। पुलिसको यो दोस्रो हार हो।

    यस्तै आजै भएको पहिलो खेलमा विभागीय टिम एपिएफ क्लबले पल्सर सहिद स्मारक ’ए’ डिभिजन लिग फुटबलमा न्युरोड टिम एनआरटीलाई पराजित गरेको छ।

    एन्फा कम्प्लेक्स सातदोबाटोमा भएको खेलमा एपिएफले एनआरटीलाई २–१ गोल अन्तरले हराएको हो। प्रतिस्पर्धात्मक खेलको खेलको तेस्रो मिनेटमा युवराज लामालेले गोल गर्दै एपिएफलाई सुरुवाती अग्रता दिलाएका थिए। खेलको १५औं मिनेटमा राजेश परियारले गोल गर्दै एनआरटीलाई खेलमा फर्काएका थिए। तर, खेलको ७३ औं मिनेटमा एपीएफका सुदीप शिख्राकारले पेनाल्टीमा गोल गर्दै एपिएफलाई ३ अंक दिलाए।

    जितसँगै एपिएफले ६ खेलबाट ७ अंक जोड्दै एपीएफ लिगको सातौं स्थानमा उक्लिएको छ। लिगमा १ अंक जोडेको एनआरटी तालिकाको पुछारमा छ। एनआरटीको यो लगातार पाँचौ हार हो।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
मुक्तिश्री टावर
नयाँ बानेश्वर, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: news@thahakhabar.com
फोन : ९७७-१- ४७८६५६२
बिज्ञापनः ad@thahakhabar.com
फोन : ९७७-१-४७८६१९८ ९८४१३०४३९१ (प्रेम) / ९८१८३४३६६९ (विनय)

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]