काठमाडौं : आइसिसी महिला टी–२० एसिया क्षेत्रीय छनोटमा नेपालले युएईलाई ७ विकेटले हराएको छ। थाइल्याण्डको बैंककम...

काठमाडौं : शहीद स्मारक ए डिभिजन लिग फुटबलमा बुधबार तीन खेल हुँदैछन्। बिहान ११ बजे एन्फा कम्प्लेक्स सातदोबाटोमा हुने पहिलो खेलमा लिग लिडर मनाङ मर्स्याङ्दी र जावलाखेल युथ क्लब भिड्नेछन्।। यसअघि खेलेका पाँचवटै खेल जितेको मनाङ १५ अंकसहित तालिकाको शीर्ष स्थानमा छ।
चार अंक मात्रै जोडेको जावलाखेल तालिकाको एघारौँ स्थानमा छ। बुधबार दिउँसो साढे दुई बजे हुने खेलमा हिमालयन शेर्पा र च्यासल युथ क्लबबीच प्रतिस्पर्धा हुनेछ। पाँच खेलबाट १० अंक जोडेको हिमालयन शेर्पा क्लब तालिकाको छैटौँ स्थानमा छ।
नवौँ स्थानमा रहेको च्यासलको ४ अंक छ। त्यस्तै दिउँसो साढे २ बजे सशस्त्र प्रहरी बलको हलचोक मैदानमा हुने खेलमा थ्रीस्टार र सरस्वती युथ क्लब आमने–सामने हुनेछन्। पाँच मध्ये चार खेल जितेको थ्रीस्टारको १२ अंक छ। ६ अंक रहेको सरस्वती युथ तालिकाको आठौँ स्थानमा छ।
तपाईको प्रतिक्रिया दिनुहोस्
यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।