राजनीति

एक घण्टादेखि मन्त्री कुर्दै समिति, राष्ट्रपति लिन गएको जानकारी
SHARES

मंसिर २०, २०७५

    काठमाडौं : संघीय संसद् राष्ट्रियसभा अन्तर्गतको राष्ट्रिय सरोकार तथा समन्वय समितिको बैठक बिहीबार बिहान ११ बजे बोलाइएको थियो। बैठकमा भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठलाई उक्त मन्त्रालय अन्तर्गतका राष्ट्रिय गौरवका आयोजनाबारे छलफल गर्न बोलाइएको थियो।

    समितिमा राष्ट्रिय गौरवका आयोजनका प्रमुखहरूलाई पनि बोलाइएको थियो। आयोजना प्रमुखहरू र सांसदहरू ११ बजे पहिल्यै तयारीका साथ उपस्थित भए पनि मन्त्री भने १ घण्टा बित्दासमेत उपस्थित भएनन्। सुरुमा मन्त्रीको मन्तव्यको कार्यसूची रहेकाले समिति सभापति दिलकुमारी रावलले बैठक संचालन गरिनन्।

    बैठकको निर्धारण गरिएको समयको १ घण्टा बित्दा पनि समिति बैठक सुरु नहुँदा सदस्यहरूले सभापति रावललाई मन्त्रीको उपस्थितिविना नै संचालन गर्न आग्रह गरे। तर, रावलले बैठक सुरु गरिनन्। रावलले मन्त्री महासेठ राष्ट्रपति विद्यादेवी भण्डारीलाई रिसिभ गर्न विमानस्थल गएकाले ढिला भएको बताइन्। राष्ट्रपति विद्यादेवी भण्डारी पोल्यान्डको भ्रमण सकेर बिहीबार स्वदेश फर्किसकेकी छन्। संसदीय समितिहरूमा मन्त्रीहरू विभिन्न बाहना बनाएर नआउने गरेका छन्। आए पनि समितिका निर्णय प्रक्रियामासमेत हस्तक्षेप गर्ने तथा सांसदका प्रश्नका उत्तर नदिने गरेका छन्।


सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
मुक्तिश्री टावर
नयाँ बानेश्वर, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: news@thahakhabar.com
फोन : ९७७-१- ४७८६५६२
बिज्ञापनः ad@thahakhabar.com
फोन : ९७७-१-४७८६१९८ ९८४१३०४३९१ (प्रेम) / ९८१८३४३६६९ (विनय)

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]