समाज

मानवअधिकार महाभेलाको तयारी पूरा
SHARES

मंसिर २०, २०७५

    काठमाडौं : ‘दशौँ राष्ट्रियमानव अधिकार महाभेला’ मा शान्ति, लोकतन्त्र र मानव अधिकारका विषयमा सघन संवाद हुने भएको छ। 

    महाभेला आयोजक समितिद्वारा यहाँ बिहीबार आयोजित पत्रकार सम्मेलनमा संयोजक नरेन्द्र खतिवडाले शान्ति, लोकतन्त्र र मानव अधिकारका विषयमा सघन संवाद हुने र त्यसका लागि सम्पूर्ण तयारी पूरा भएको जानकारी दिए। मानव अधिकार, शान्ति र लोकतन्त्रको संरक्षण तथा प्रवर्द्धनमा योगदान पुर्‍याउने उद्देश्यले आयोजना गर्न लागिएको सो भेला यही मंसिर २२ देखि २८ गतेसम्म सञ्चालन हुनेछ। 

    ‘दीगो विकास र मानव अधिकार : नेपालीको मूल सरोकार’ नारासहित शुरु हुने महाभेलाको उद्घाटन उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेलले गर्नेछन्। विगत वर्षमा काठमाडौँ र केही जिल्लामा मात्रै भेलाको आयोजना गरिए पनि यस वर्ष प्रदेश १ को विराटनगर, प्रदेश २ को जनकपुर, ३ को हेटौँडा, गण्डकी प्रदेशको पोखरा,५ को बाँके, कर्णाली प्रदेशको सुर्खेत र सुदूरपश्चिम प्रदेशको धनगढीमा विभिन्न कार्यक्रम गरेर महाभेला मनाउने तयारी भइरहेको छ। 

    राष्ट्रिय मानव अधिकार आयोगको सहकार्य र युथ एड्भोकेशी नेपालको संयोजन रहेको सो भेलामा दलित महिला उत्थान केन्द्र नेपाल, जुरी नेपाल र जागरण नेपाललगायत मानव अधिकारसँग सम्बन्धित करिब २५० संघसंस्था आयोजक छन्। भेलाको सहसंयोजन फतिमा फाउण्डेशन र पौरखी नेपालले गर्न लागेको हो।

    सन् १९४८ मा मानव अधिकार विश्वाव्यापी घोषणापत्र जारी भएपछि विश्वभरि डिसेम्बर १० मा अन्तर्राष्ट्रिय मानव अधिकार दिवस मनाउन थालिएको हो। सोही दिवसका सन्दर्भमा नेपालमा २०६६ सालदेखि राष्ट्रिय मानव अधिकार महाभेलाको आयोजना गरिँदै आएको छ।

    महाभेला एक हप्तासम्म चल्नेछ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल-thahakhabar16@gmail.com
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४/९८४१३०४३९१ (प्रेम)
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: mkt.thahakhabar@gmail.com

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]