काठमाडौं : महान्यायधिवक्ता अग्निप्रसाद खरेलले दबाबमा मुद्दा चलाउने प्रवृति हावी हुँदै गएको बताएका छन्। बुधबार आफ्नै कार्यालयमा आयोजित महान्...

धनगढी : कैलालीको धनगढीबाट भारतका विभिन्न क्षेत्रमा जाने भनेर हिँडेका ११४ जना नेपाली त्यहाँ नपुग्दै फेरि धनगढी फर्किएका छन्। ती नेपाली यात्रुहरू नेपालबाटै ठगिएपछि बिहीबार पुनः धनगढी फर्किएका हुन्।
उनीहरूले धनगढीको चौधरी ‘टुर्स एण्ड ट्राभल्स’ले आफूहरूलाई ठगेको आरोप लगाएका छन्। बुधबार साँझ भारतको विभिन्न क्षेत्र जान हिँडेका नेपाली बिहीबार बिहानसम्म भारतको पलियामा अलपत्र परेका थिए। बुधबार राति ९ बजे भारतको पलिया पुगेका उनीहरू १२ घण्टा अलत्रप परेपछि स्वदेश फर्किएका हुन्।
भारतका विभिन्न ठाउँमा पुर्याइदिने भन्दै उनीहरूलाई ट्राभल्सले टिकट वितरण गरेको थियो। धनगढीबाट गन्तव्यमा हिँडेकाहरू भारतको पलियामा पुगेर अलपत्र परे।
‘एक घण्टा, दुई घण्टा भन्दा भन्दै १२ घण्टा पलियाको सडकमा भौतारियौँ, रातभर सडकमा सुत्यौँ’, धनगढी फर्किएपछि बर्दियाका गणेशबहादुर शाहीले पीडा पोखे।
पटक–पटक सम्पर्क गर्दा पनि १२ घण्टासम्म कोही लिन नआएपछि आफूहरू पुनः नेपाल फर्किएको उनले बताए। चौधरी ट्राभल्सबाट ठगिएका नेपालीहरूलाई अन्य केही टुर्स एण्ड ट्राभल्सले पलियाबाट नेपाल ल्याएका थिए। ‘बिरामी लिएर जाँदै थियौँ, अलपत्र भयौँ’, अछामबाट भारतको सुरत जान हिँडेकी पूर्ण नेपालीले भनिन्।
११४ जना नेपालीलाई नेपालीले नै संचालन गरेको ‘टुर्स एण्ड ट्राभल्स’बाट ठगिएका हुन्। नेपालीबाट नेपाली ठगिएपछि जिल्ला प्रशासन कार्यालय कैलालीले पनि यस विषयमा चासो देखाएको छ। ‘हामीले थाहा पाउन साथ सत्य–तथ्य बुझ्न प्रहरी खटाएका थियौँ’, कैलालीका प्रमुख जिल्ला अधिकारी बाबुराम श्रेष्ठले भने, ‘ती टुर्स एण्ड ट्राभल्सका वियषमा हामी अनुसन्धान गर्छाैँ, अवैधानिक भए कारबाही हुन्छ।’
बाटोबाटै फर्किएका ११४ जनाको रकम धनगढीबाट फिर्ता गरिएको थियो। चौधरी टुर्स एण्ड ट्राभल्सका प्रतिनिधि नआएपछि अन्य ट्राभल्सका प्रतिनिधिले नेपाली यात्रुको रकम फिर्ता गरेका हुन्।
धनगढीमा दर्जनको हाराहारीमा रहेका ‘टुर्स एण्ड ट्राभल्स’मध्ये केही मात्रै आधिकारिक रूपम संलाचन गरिएका छन्। अधिकांशले अवैधानिक रूपले नेपालीलाई भारत पुर्याउने गरेका छन्। मजदुरीका लागि कैलालीको त्रिनगर भन्सार नाकाबाट अवैध रूपमा मात्रै दैनिक सयौँ नेपालीहरू भारत जान बाध्य छन्।
तपाईको प्रतिक्रिया दिनुहोस्
यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।