फिचर : फोटो फिचर

पनौतीको इन्द्रेश्वर महादेव [फोटो फिचर]
SHARES

पुस १७, २०७५

    काठमाडौं : नेवारी शब्दहरू ‘पँ’, ‘ल्हों’ र ‘टी’ बाट अपभ्रंश भई पनौटी बनेको हो। ‘पँ’ को अर्थ बाँस, ‘ल्हों’ को अर्थ ढुङ्गा र ‘टी’ को अर्थ टुसा हो। यही पनौटीबाट अप्रभंस हुँदै पनौती भएको जानकारहरुकाे भनाइ छ। यो नामांकरणको निकै चाख लाग्दो पौराणिक कथा यस्तो छ।

    अहिल्याको रुप र सौन्दर्य बाट मोहित इन्द्रले गौतम ऋषिको भेष गरेर अहिल्या संग शारीरिक सम्पर्क गरेको थाहा पाएपछि क्रोधित ऋषिले इन्द्रलाइ शरीर भरी हजारौँ योनि निस्किने श्राप दिए भने अहिल्यालाइ ढुंगा बन्ने श्राप दिएका थिए।

    श्राप पाएपछि राजा इन्द्र गुरु बृहस्पतिको सल्लाहपछि बाह्र वर्ष मुक्तेश्वर महादेवको तपस्यामा बसे। तपस्या बाट प्रसन्न महादेवले एउटा सुकेको बाँस दिएर यत्रा गर्दै जान र उक्त बाँसमा टुसाएपछि उनी श्राप बाट मुक्त हुन सक्ने बर दिएका थिए।  उनै मुक्तेश्वरको अज्ञा अनुरुप उनी यात्रामा निस्केका  राजा इन्द्र त्रिवेणीको नजिक पुगेपछि उनले टेकेको बाँसमा पालुवा पलायो र त्यतिखेरै उनको निधार बाहेक शरीर भरीको योनि बिलाएर गए। इन्द्रले ढुंगामा बाँस बिसाएको  र त्यही बाँसमा टुसा पलाएको कारण यो ठाउको नाम पँ’, ‘ल्हों’ ‘टी’ रहन गयो र अपभ्रँस हुँदै कालान्तरमा पनौति रहन गयो।

    इन्द्रले जुन ढुंगामा बाँस टेकाउँदा पालुवा पलायो, त्यही स्थानमा महादेवको मूर्ति पनि स्थापना गरेका थिए। इन्द्रले स्थापना गरेको उक्त महादेवको मूर्ति इन्द्रेश्वर महादेवका नामले अहिलेसम्म परिचित छ र यही स्थानमा अहिले ऐतिहासिक इन्द्रेश्वर  मन्दिर रहेको छ।

    यो मन्दिरको निर्माण जयसिंहरामले गरेको इतिहासमा उल्लेख रहेको छ र यही समयमा भएको भन्ने यकिन प्रमाण अहिलेसम्म पाइएको छैन। केही इतिहासहरुमा बाह्रौं र तेह्रौं शताब्दीमा बनेको हुन भनी उल्लेख रहेका छन्।

    ‘पनौती’ नामक परिचयात्मक पुस्तकमा सूर्यप्रसाद लाकोजुले बनेपाकी युवराज्ञी विरमादेवीले विसं १३५१ मा इन्द्रकुटको इन्द्रेश्वर लिंग स्थापना गरेको उल्लेख भएपनि प्रामाणिक रुपमा मन्दिर निर्माण तिथिमिति हालसम्म पाइएको छैन। इन्द्रेश्वर मन्दिरको पश्चिम ढोकाको माथि दलिनमा राखिएको चाँदीपत्रमा सम्वत् ७८४ शिवरात्रीको दिनमा मुक्तिराज भारोले सुनको तीनतले छत्र चढाएको उल्लेख छ। इन्द्रेश्वर मन्दिरको दक्षिणी ढोका नजिकै रहेको चाँदीपत्रमा सम्वत ९७३ माघ कृष्ण द्वितिया तिथिमा देवलको पश्चिम पट्टिको सुनको छाना बनाएर भैरवसिंह चन्द्रमणिले चढाएको उल्लेख रहेको व्यहोरा उल्लेख गरेका छन्।

    मन्दिरको मुख्य भाग अरु साना ठूला बिभिन्न  कलात्मक मन्दिर र मूर्ति  हरुले घेरिएको छ।  तीमध्ये  उन्मत्त भैरवको मन्दिर काष्ठकला, चित्रकला र वास्तुकलाका दृष्टिले पनौती ज्यादै महत्वपूर्ण स्थानका रूपमा चिनिने गरेको छ।

     

     

दिपक केसी

दीपक केसी फोटो पत्रकार हुन्। 

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल-thahakhabar16@gmail.com
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४/९८४१३०४३९१ (प्रेम)
इमेल: ad@thahakhabar.com

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]