थाहा संवाद : स्थानीय सरकार

'प्रतिबद्धताभन्दा धेरै काम गर्न सक्छौँ '
SHARES

पुस १८, २०७५

    सुस्ता गाउँपालिका प्रदेश ५ का १२ जिल्लामध्येको एक नवलपरासी पश्चिमका सातवटा स्थानीय तहमध्येको एक गाउँपालिका हो। यस गाउँपालिकाको पूर्वमा विनयी त्रिवेणी गाउँपालिका र भारतको बिहार प्रदेश, दक्षिणमा भारतको उत्तर प्रदेशसँग सिमाना जोडिएको छ। पश्चिमतर्फ प्रतापपुर गाउँपालिका र बर्दघाट नगरपालिकासँग जोडिएको छ भने उत्तरमा बर्दघाट नगरपालिका र विनयी त्रिवेणी गाउँपालिकासँग जोडिएको छ।

    यस गाउँपालिकाको घोषणा हुँदा प्रदेश ४ मा रहे पनि पछि प्रदेश ५ मा कायम गरिएको हो। साविकका कुडिया गाविस, त्रिवेणी सुस्ता गाविसको वडा- ४, रुपौलिया गाविसको वडा ३ देखि ९, नर्सही गाविस र पक्लिहवा गाविस मिलेर बनेको र पाँचवटा वडाभित्र विभाजित रहेको छ।

    पवित्र, प्रशिद्ध, धार्मिक एवं ऐतिहासिक रूपमा अन्तर्राष्ट्रियस्तरमा परिचित नारायणी नदीको किनारामा ९१।२४ वर्ग किलोमिटरमा फैलिएको यस गाउँपालिकामा मधेसी, दलित, ब्राह्मण, क्षेत्री, मगर, नेवार आदि जातिहरू गरी करिब सात हजार २१३ घर परिवारका ४४ हजार ४०३ जनाको बसोबास रहेको छ।

    यस गाउँपालिकाका ९५ प्रतिशत जनता निर्वाहमुखी कृषि र पशुपालन पेसामा संलग्न छन् भने पाँच प्रतिशत जनता अन्य पेसामा संलग्न छन्।समग्रमा यहाँका बासिन्दाको जीवनस्तर मध्यम रहेको छ। यही सुस्ता गाउँपालिकामा गत वर्ष संपन्न स्थानीय तह निर्वाचनमा रामप्रसाद पाण्डे निर्वाचित भएका छन्। उनै अध्यक्ष पाण्डेसँग थाहाखबरकर्मी विष्णु खनालले गरेको कुराकानी प्रस्तुत छ।

    तपाईं निर्वाचित भएर आएपश्चात यस गाउँपालिकामा के कति काम भएका छन्?

    हामी निर्वाचत भएर आइसकेपछि जनताले आशा गरेअनुरूप धेरै कामहरू भएका छन्। सडक र पूर्वाधारहरूको काम भएको छ। शिक्षा, स्वास्थ्य र कृषिको क्षेत्रमा पनि प्रशस्त काम भएको छ। 

    चुनावको समयमा जनतासँग गरेको प्रतिबद्धता पूरा गर्नुभयो त?

    जनतासँग निर्वाचनका बेला गरेका जति प्रतिबद्धता थिए, ती १५ महिनाको अवधिमा मात्र पूरा गर्ने प्रतिबद्धता होइनन्, तथापि, हामीले हाम्रो कार्यकालमा जनतासँग गरेको प्रतिबद्धताभन्दा धेरै काम गर्न सक्छौँ भन्ने लागेको छ। 

    नागरिकहरू त जनप्रतिनिधिबाट आश गरेअनुरूपको काम हुन सकेन भन्छन् नि?

    सुस्ता गाउँपालिकाको हकमा यो प्रश्न त्यति उपयुक्त छैन भन्ने मलाई लाग्छ। हामीले आर्थिक वर्ष २०७४र०७५ मा धेरै काम गरेका छौँ। अहिले हामी गाउँपालिकाका हरेक गाउँ, हरेक टोलमा पुगेर सोध्यौँ भने पनि मलाई लाग्छ जनताले काम राम्रै भयो भन्ने जवाफ दिनुहुनेछ।

    तपाईं काम भएको छ भन्नुहुन्छ तर नागरिकहरूले कर वृद्धि भयो, त्यसअनुसारको काम भएन भन्दै छन्?

    अन्य गाउँपालिका अथवा अन्य स्थानीय तहका बारेमा मलाई थाहा छैन तर सुस्ता गाउँपालिकामा कर वृद्धि भएको छैन। कुनै शीर्षकमा कर वृद्धि भएको छ भने पनि हामीले त्यसभन्दा धेरै माथि उठेर काम गरेका छौँ। हामीले संकलन गरेको कर कहीँ कतै दुरूपयोग भएको छैन।

    गाउँपालिकाभित्र रहेका भूमिहीन तथा सुकुम्बासीहरूको समस्यालाई चुनावी नारा बनाउनुभएको थियो, त्यसतर्फ के काम हुँदै छ?

    सुस्ता गाउँपालिकाका केही ठाउँहरूमा अहिले पनि सुकुम्बासीहरूको बस्ती अवस्थित छ, यसलाई हामीले पहिचान गरेर वास्तविक सुकुम्बासीहरू कुनकुन ठाउँमा हुनुहुन्छ, बसाइको अवस्था के कस्तो छ भनेर उहाँहरूको तथ्यांक संकलन गर्ने कार्य सकिसकेका छौँ र हामी छिट्टै गाउँपालिकाको तर्फबाट आधारपत्र बाँड्नेछौँ। सुस्ताका लागि एक विशेष आयोगको माग गरिरहेका छौँ। आशा छ, सुस्ताले एउटा आयोग पाउनेछ। जतिसक्दो चाँडै सुकुम्बासी समस्या समाधान हुनेछ।

    सुस्ता गाउँपालिकामा किसानहरूका समस्या पनि धेरै छन्, त्यस क्षेत्रमा के काम गर्नुभएको छ? 

    किसानहरूको समस्या भन्दा वडा १ र २ मा डुबानको समस्या हो र अन्य ठाउँहरूमा हामीकहाँ उखु र केरा किसानहरूको समस्या प्रशस्त छ। उखुको भुक्तानी समयमा नहुनु, उचित मूल्य निर्धारण नहुनु यहाँका किसानहरूका लागि अत्यन्त दुःखदायी कुरा हो। केरा किसानहरूका लागि भने भारत खुला सिमाना भएका कारण भारतबाट आउने केराका कारण हामीलाई बजारमा प्रतिस्पर्धा गर्न समस्या भएको छ। यसलाई न्यूनीकरण गर्नका निमित्त भारतबाट केरा आयात रोक्नका लागि र उखुको मूल्य समयमा तोक्नका लागि तथा समयमा भुक्तानी लिनका लागि सम्बन्धित मिलवाला र सरोकारवाला सबैलाई घचघच्याइरहेका छौँ। छिट्टै मूल्य निर्धारण हुनेमा हामी विश्वस्त छौँ। 

    उखु क्रसिङको समय भइसक्दा पनि चिनी मिल संचालनमा आएका छैनन्। किसानहरू निकै कम मूल्यमा क्रसिङ उद्योगलाई बेच्न बाध्य छन्। गाउँपालिकाले किसानलाई राहत हुने त्यस्तो केही कार्य गर्दै छ कि?

    हामी निर्वाचित भएर आउनुभन्दा पहिले सुस्ता गाउँपालिकाका– ५ पक्लिहवामा सडकको अवस्था अत्यन्त नाजुक थियो। शिक्षा  क्षेत्रमा पनि दयनीय अवस्था थियो भने स्वास्थ्य क्षेत्रमा पनि निकै समस्या थिए। अहिले त्यहाँ सडक संजालको विकास गरिएको छ। साँघुरा सडक फराकिलो बनाइएको छ। शिक्षालाई व्यवस्थित गरेका छौँ।

    समयमा मिल नचल्दा र समयमै उखुको मूल्य निर्धारण नगर्दा किसान मर्कामा पर्दै आएका छन् र उनीहरूले भेली उद्योग र क्रसरलाई सस्तो मूल्यमा उखु बेच्न बाध्य छन्। ३०० रुपैयाँ मात्र उखुको मूल्य भुक्तानी गरिरहेको हामीलाई जानकारीमा छ। हामीले समयमा मिल संचालन गर्नका लागि मिल संचालकहरूलाई पटक पटक आग्रहसमेत गरेका छौं। फेरीपनि हामी मिल संचालकहरूसँग बसेर छलफल गर्नेछौँ। 

    गत वर्षमा पनि मिल संचालकलाई दबाब दिने छलफल गर्ने र माथिल्ला निकायमा पनि पहल गर्नुभएको थियो तर वर्सेनि उस्तै समस्या देखिन्छ किन? 

    हामीले पटक पटक मिल संचालकसँग बसेर छलफलसमेत गर्ने गरेका छौँ। मिल संचालकहरूले उखुको मूल्य समयमा निर्धारण गर्ने काम संघीय सरकारको रहेको बताउँदै आउने गरेका छन्। उनीहरूले सरकारले समयमा उखुको मूल्य निर्धारण भए आफूहरूलाई सहज हुनेसमेत बताउँदै आएका छन्। हामी तपाईंहरूको यसै मिडियामार्फत् प्रदेश सरकारमार्फत् संघीय सरकारमा मूल्य निर्धारणका लागि पहल गर्न आग्रहसमेत गर्छौं। किसानको समस्या छिट्टै समाधान होस्। 

    किसानहरू उखुबाट विस्थापित हुँदै केरा खेतीमा लागिरहेका छन्। केरामा पनि बजारको उस्तै समस्या छ। त्यसतर्फ तपाईंहरूको ध्यान पुगेको छ त? 

    हो, किसानहरू उखुको समयमा भक्तानी नहुने समस्या भएपछि विस्तारै केरा खेतीमा आकर्षित हुँदै गएका छन्। हामीले केरा किसानलाई बीमाको व्यवस्था गरेका छौँ। केराको बिरुवाका लागि पाँच लाख रुपैयाँ अनुदानको समेत व्यवस्था गरेका छौँ। हामीले भारतबाट अवैध रूपमा आउने केराका लागि ठाउँठाउँमा निगरानी बढाउनका लागि प्रहरी प्रशासनलाई अनुरोध गरेका छौँ। केरा उत्पादक संघ छ, त्यसले पनि काम गरिरहेको छ र पछिल्लो समय भारतबाट अवैध रूपमा आयात हुने केरामा कमीसमेत आएको छ। यसले केही हदसम्म भए पनि किसानलाई सहज हुनेछ। शीत भण्डार निर्माण गर्नका लागि चालू बजेटमा हामीले ७५ लाख रुपैयाँ विनियोजन गरेका छौँ भने प्रदेश सरकारले समेत सहयोग उपलब्ध गराउछौँ भनेर हामीलाई आश्वासन दिएको छ। समयमा शीत भण्डार निर्माण गर्न सकियो भने यस क्षेत्रका किसानहरूका लागि ठूलो राहात मिल्नेछ। 

    यो १५ महिनाको अवधिमा सुस्ताबासीलाई विकासको अनुभूति दिलाउन सफल भएका छौँ। सामुदायिक विद्यालयमा खस्किँदो शिक्षालाई भौतिक सुधारसँगै दक्ष जनशक्तिको व्यवस्थापन गरी प्रतिस्पर्धात्मक रूपमा अगाडि ल्याएका छौँ।

    सिंहदरबारको अधिकार गाउँगाउँमा आयो भने पनि स्थानीय तहले सिफारिसका काम मात्र गर्ने गरेको नागरिकको गुनासो छ नि? 

    त्यसो होइन, हामीले सिफारिसको मात्र काम गरेका छैनौँ। हामीले गाउँपालिकाकै पहलमा धेरै काम गरिरहेका छौँ र गर्ने प्रक्रियामा समेत छौँ। विभिन्न सडक विस्तार तथा स्तरोन्नतिका काम भइरहेका छन्। शिक्षा क्षेत्रमा थुप्रै सुधारका कामहरू भइरहेका छन्। हामीले सामुदायिक विद्यालयमा शिक्षक अभाव भएर पठनपाठन प्रभावित हुने अवस्था आएपछि गाउँपालिकाले नै आफैँ दरबन्दी सिर्जना गरेर विद्यालयमा शिक्षक व्यवस्थापन गर्ने कार्य गरेका छौँ। स्वास्थ्य क्षेत्रमा पनि विभिन्न योजनाहरू संचालन गरेका छौँ। ‘उज्यालो सुस्ता अभियान’अन्तर्गत विभिन्न ठाउँहरूमा सोलार बत्तीको जडान गरेका छौँ। 

    सुस्ता गाउँपालिकाको सबैभन्दा विकट ठाउँमा नारायणीपारिको सुस्ता गाउँमा विद्युत नपुगेका कारण नागरिकहरू अँध्यारोमा बस्न बाध्य भइरहेकामा अहिले झण्डै पाँच करोडको लागतमा सोलार मिनी ग्रिड स्थापना गरेर विद्युतीकरण गर्न गइरहेका छौँ। यसका लागि राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमल्सिनाले विशेष पहल गर्नुभएको हो। सम्बन्धित क्षेत्रमा सम्झौता गरेका छौँ र छिट्टै काम सुरु हुन गइरहेको छ। आशा गरौँ, हामी छ महिनाभित्रमा सुस्ता गाउँलाई उज्यालो सुस्ता बनाउँदै झिलिमिली गाउँ बनाउनेछौँ। त्यसैले सुस्ता गाउँपालिकामा अन्य गाउँपालिकाको तुलनामा भन्दा नागरिकले अपेक्षा गरेभन्दा ९० प्रतिशत बढी काम गरिरहेका छौँ र नागरिकहरू पनि सन्तुष्ट हुनुहुन्छ। 

    गण्डक सम्झौताका कारण सुस्ताबासीले अनेक समस्याहरू भोगिरहेका छन्, यसलाई कसरी लिनुभएको छ?

    अहिले त्यहाँ सडक संजालको विकास गरिएको छ। साँघुरा सडक फराकिलो बनाइएको छ। शिक्षालाई व्यवस्थित गरेका छौँ। त्यहाँ पढ्ने विद्यार्थी र अभिभावकहरूलाई शिक्षा क्षेत्रमा आशा जागिसकेको छ। बाटोहरू कालोपत्रे भएका छन्, ग्राभेल भएका छन्।

    हो, गण्डक सम्झौताका कारण यहाँका किसान र आमसुस्ताबासीले समय समयमा निकै समस्या भोग्दै आइरहेका छन्। गण्डक सम्झौता हाम्रा पुर्खाहरूले गरेको एउटा महान् गल्ती हो। गण्डक नहरको संरचनाका कारणले सुस्ता गाउँपालिका र प्रतापपुर गाउँपालिकाका धेरै गाउँहरू डुबानमा परेका छन्। चुरेबाट दक्षिणतर्फ अविरल बग्ने खोलाहरू थुनिएका छन्। खोलानालाको उचित सम्भार र सरसफाई नहुँदा कृषियोग्य भूमि पटक पटक डुबानमा पर्ने गरेको छ। गत वर्ष डुबानका कारण सुस्ता गाउँपालिकाका किसानहरूको खेत बाली डुबानमा परी करोडौँ क्षति भएकोमा हामीले पहल गरेर पहिलो पटक किसानलाई दुई करोड ४६ लाख रुपैयाँ बराबरको क्षतिपूर्ति रकम उपलब्ध गराउन सफल भएका छौँ। भारतीय पक्षलाई गण्डक सम्झौताअनुसार जिम्मेवार बनाउँदै खोलानाला र ड्रेन सफा गराएका छौँ, जसले डुबानको समस्या केही हदसम्म न्यून भएको छ। यद्यपि, शत प्रतिशत नै गर्न भने सकेका छैनौँ। यस वर्ष पनि हामीले डुबान न्यूनीकरणका लागि आवश्यक कामलाई तीब्रताका साथ अगाडि बढाएका छौँ।

    भारतीय अतिक्रमित भूमि सुस्तामा के कस्ता कामहरू गर्नुभएको छ? 

    हामीले बारम्बार सुस्ता भूमिमा विभिन्न कार्यक्रमहरू लगिरहेका छौँ। नेपालका विभिन्न संघसंस्थाहरू पनि सुस्ता भूमिमा कार्यक्रम गर्ने र सहयोग गर्दै आइरहनुभएको छ। हामी पनि सुस्तामा विशेष योजनाहरू संचालन गरिरहेका छौँ। सुस्तामा रहेको यातायातको समस्या, खानेपानीको समस्या, स्वास्थ्यको समस्या, शिक्षाको समस्या छिट्टै समाधान गर्नेगरी कार्यक्रमहरू अगाडि बढाउँदै आइरहेका छौँ। सुस्तामा छिट्टै सोलार ग्रिड निर्माण गरेर विद्युत पहुँच पुर्‍याउने तयारी गरेका छौँ। 

    सुस्ताबासीलाई आफ्नै भूमिमा जानका लागि भारतीय बाटो प्रयोग गर्नुपर्ने बाध्यता कहिलेसम्म हट्ला?

    नेपाली भूमिबाटै सुस्ता जानका लागि आर्थिक वर्ष २०७०/०७१ मा नारायणी नदीमा झोलुंगे पुल निर्माणका लागि ठेक्का सम्झौता भइसकेकामा ठेकेदारको लापरवाहीका कारण झोलुंगे पुल बन्न सकेन। अहिले ठेकेदारले काम सुरु गरेको छ। आशा गरौँ, पछिल्लो सम्झौताअनुसार काम भए छिट्टै झोलुंगे पुल निर्माण सम्पन्न भएर यातायातको सहज पहुँच पुग्नेछ। 

    तपाईंले पटक पटक सुस्ता गाउँपालिकालाई नमुना गाउँपालिका बनाउने उद्घोष गर्नुहुन्छ, त्यसको आधार के हो?

    हो, हामीले सुस्ता गाउँपालिकालाई नमुना बनाउनका लागि विभिन्न काम गर्दै आइरहेका छौँ। यसको प्रमुख आधार कृषि हो। सुस्ता गाउँपालिकाको कृषि भूमि अत्यन्त उर्वर छ। कृषकहरूलाई कृषि क्षेत्रमा आकर्षित गर्दै व्यावसायिक कृषिका लागि प्रविधि र यान्त्रीकरणमा विशेष जोड दिएर अगाडि बढेका छौँ। 

    अर्को आधार भनेको स्थानीय स्रोत साधन हो। हामीले गत वर्ष मात्र गाउँपालिकाभित्र हुने विभिन्न विकास निर्माणका लागि गाउँपालिकाभित्रकै स्रोत साधनहरू प्रयोग गरेर करिव ती करोड रुपैयाँ बराबरको अतिरिक्त कार्य गरेका छौँ। पाँच वर्षमा कम्तीमा १५ करोड रुपैयाँ बढीको अतिरिक्त कार्य गर्न सक्ने आधार हामीले देखेका छौँ र त्यही कार्यले नै सुस्ता गाउँपालिकालाई नमुना गाउँपालिका बनाउनेछ। 

    तपाईं गाउँपालिका प्रमुखमा निर्वाचित भएर आएपछि गरिएका सम्झनलायक कामहरू केके हुन्?

    हामी निर्वाचित भएर आउनुभन्दा पहिले सुस्ता गाउँपालिकाका– ५ पक्लिहवामा सडकको अवस्था अत्यन्त नाजुक थियो। शिक्षा  क्षेत्रमा पनि दयनीय अवस्था थियो भने स्वास्थ्य क्षेत्रमा पनि निकै समस्या थिए। अहिले त्यहाँ सडक संजालको विकास गरिएको छ। साँघुरा सडक फराकिलो बनाइएको छ। शिक्षालाई व्यवस्थित गरेका छौँ। त्यहाँ पढ्ने विद्यार्थी र अभिभावकहरूलाई शिक्षा क्षेत्रमा आशा जागिसकेको छ। बाटोहरू कालोपत्रे भएका छन्, ग्राभेल भएका छन्। अहिले पक्लिहवाको स्वरूप नै फेरिएको छ, त्यो हाम्रो ठूलो उपलब्धि हो। 

    यो १५ महिनाको अवधिमा सुस्ताबासीलाई विकासको अनुभूति दिलाउन सफल भएका छौँ। सामुदायिक विद्यालयमा खस्किँदो शिक्षालाई भौतिक सुधारसँगै दक्ष जनशक्तिको व्यवस्थापन गरी प्रतिस्पर्धात्मक रूपमा अगाडि ल्याएका छौँ।

विष्णु खनाल

पत्रकार खनाल थाहाखबरकी नवलपरासी समाचारदाता हुन्।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल-thahakhabar16@gmail.com
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४/९८४१३०४३९१ (प्रेम)
इमेल: ad@thahakhabar.com

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]