स्वास्थ्य

आर्थिक अभावमा एम्बुलेन्स सञ्चालन हुन सकेन
SHARES

पुस २७, २०७५

    बैतडी : आर्थिक अभाव हुँदा प्राथमिक स्वास्थ्य केन्द्र पाटनको एकमात्र एम्बुलेन्स सेवा नियमित रूपमा सञ्चालन हुन सकेको छैन।

    बेला बेला बिग्रने र मर्मतका लागि आर्थिक अभाव हुँदा नियमित रूपमा सञ्चालनमा ल्याउन नसकेको पाटन प्राथमिक स्वास्थ्य केन्द्रले जनाएको छ। एम्बुलेन्समा खराबी आउन थालेपछि मर्मतमा ढिलाइ हुँदा नियमित सञ्चालनमा आउन नसकेको प्राथमिक स्वास्थ्य केन्द्र पाटनका प्रमुख डा नवीन्द्र ढकालले बताए। उनले भने 'बेला बेलामा खराबी आउँदा मर्मत गर्न रकम अभाव भएको छ प्रमुख ढकालले भन्नुभयो। सरोकारवाला निकायसँग आवश्यक रकमको माग गरेका भए पनि कुनै पहल भएको छैन।' 

    मर्मतसम्भारका लागि आवश्यक रकम नपुग्दा पाटन नगरपालिकासँग आर्थिक सहयोगका लागि आग्रह गरिएको छ। एम्बुलेन्समा बिरामी बोकेबापत सामान्य भाडा लिने गरेकाले त्यो भाडाको रकमले मर्मतसम्भार गर्न रकम नपुग्ने गरेको बताइएको छ। एम्बुलेन्स सञ्चालन समितिले प्रतिकिलोमिटरमा ४० का दरले भाडा लिने व्यवस्था गरेकाले पनि सो मापदण्डको आधारमा मर्मतसम्भार गर्न रकम अभाव हुने गरेको हो।

    एम्बुलेन्स सञ्चालनको जिम्मेवारी नगरपालिकालाई लिन पनि अनुरोध गरिएको छ। यसरी एम्बुलेन्स सेवा नियमित सञ्चालन नहुँदा यहाँका नागरिकले समस्या भोग्दै आएका छन्। कुनै गम्भीर प्रकृतिका बिरामी भएको बेला जिल्ला बाहिरका अस्पताल लैजानु पर्दा निजी सवारी साधनमा चर्को मूल्य तिर्नुपर्ने बाध्यता रहेको स्थानीय दिनेश विष्टले बताए।

    नगरपालिका प्रमुख केशवबहादुर चन्दले प्राथमिक स्वास्थ्य केन्द्रमा सञ्चालनमा रहेको एम्बुलेन्स सेवा नगरपालिकाले आफ्नो जिम्मामा लिने बताए। उनले भने, 'एम्बुलेन्सको जिम्मा लिएर नियमित सञ्चालनमा ल्याउँछौँ।'

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल-thahakhabar16@gmail.com
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४/९८४१३०४३९१ (प्रेम)
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: mkt.thahakhabar@gmail.com

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]