स्वास्थ्य

अनुहारमा नियमित चनाको पिठो लगाउँदाकाे फाइदा
SHARES

पुस २७, २०७५

    काठमाडौं : विभिन्न कारणले हाम्रो छालामा धेरै खालका समस्या देखिने गर्छ।

    गर्मी मौसममा डण्डिफाेर तथा चिसो मौसममा छाला सुक्खा हुने तथा फूट्ने समस्या हुने गर्छ। त्यसैले चिसोबाट बच्न हामीले बजारमा पाइने विभिन्न खालका सौन्दर्य सामग्रीको प्रयोग गरेको पाइन्छ। तर हाम्रै घरभित्र पाइने चनाको पिठोलाई नियमित रुपमा अनुहार तथा अन्य भागमा नियमित रुपमा लगाउने गर्नाले हाम्रो अनुहार तथा शरीरको अन्यभागको छालामा आउने दाग डण्डिफाेर तथा अन्य विभिन्न खालका दागको अन्त्य हुनुका साथै छालालाई राम्रो र मुलायम बनाउन सकिन्छ।

    ‍यस्तो छ नियमित रुपमा चनाको पिठो लगाउँनुको फाइदा

    -नियमित रुपमा चनाको पिठो प्रयोगले छालालाई घामबाट बचाउँछ साथै छालामा भएका दाग, डण्डिफाेर जस्ता समस्या समाधान गर्न मद्दत गर्छ।

    - चिल्लो छालाको लागि चनाको पिठो निकै लाभदायी मानिन्छ। बेसनमा गुलाबजल र दही मिलाएर छालामा लगाउने र एक घण्टा पछि सफा पानीले धुने गर्नाले छाला नरम,सफा र चम्किलो देखिन्छ।

    -सुख्खा छालाका लागि चनाको पिठो दूध, मह र एक चिम्टी बेसार मिलाएर पेष्ट बनाई छालामा लगाउँनाले छाला नरम हुन्छ।

    -त्यसैगरी चनाको पिठोमा काँक्रोको रस, गुलाबजल मिसाएर त्वचामा लगाउनाले छाला सफा र स्वस्थ हुनुका साथै छालाको चाउरीपन हटाउन समेत सहयोग गर्छ।

    - यस्तै चनाको पिठोमा कागती दही र बेसार मिलाएर अनुहारमा लगाउने र २० मिनेटपछि चिसो पानीले धुने गर्नाले अनुहारमा आएको डण्डिफाेर तथा विभिन्न खालका दागहरूबाट बचाउँछ।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल-thahakhabar16@gmail.com
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४/९८४१३०४३९१ (प्रेम)
इमेल: ad@thahakhabar.com

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]