समाज

भीरबाट खसेर हवल्दारकाे मृत्यु
SHARES

पुस २७, २०७५

    जाजरकोट ः सुर्खेतको भेरी नगरपालिका ४ छिन्चु घर भई नलगाड नगरपालिका ८ मैदेस्थित अस्थायी प्रहरी पोष्ट कार्यरत प्रहरी हवल्दार महोबीर खड्काको भीरबाट खसेर मृत्यु भएको छ। 

    तीनजनाको टोलीसहित बिहीबार दिउँसो गस्तीमा गएका हवल्दार खड्का नलगाड नगरपालिका ८ गंथलेपाखाको भीरबाट एक्कासी चिप्लिएर तल खसेका थिए। घटना स्थलबाट प्रथमिक उपचार गर्ने ठाउँ रुकुमको आठबीसकोटस्थित नगर अस्पतालमा  लिनका लागि गाडी नहुँदा स्टेचरमा लगिएको थियो। 

    बिहीबार राती घाइते खड्कालाई  कोहलपुर मेडिकल कलेजका लागि लगिए पनि उपचार गर्दागर्दै आज बिहान ३ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय जाजरकोटले जनाएको छ। लडेर घाइते भएका खड्काको समयमै उद्धार गरी अस्पतालमा लिएको ज्यान बचाउन सकिने प्रहरीको भनाइ छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल-thahakhabar16@gmail.com
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४/९८४१३०४३९१ (प्रेम)
इमेल: ad@thahakhabar.com

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]