राजनीति

सरकारले विकासका प्राथमिकता पहिचान गर्न सकेन : नेता सिंह
SHARES

पुस २७, २०७५

    कञ्चनपुर : नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रकाशमान सिंहले दुई तिहाइ बहुमतको सरकारले विकासका प्राथमिकता पहिचान गरी गति लिन सकेकोमा असन्तुष्टि व्यक्त गरेका छन्।

    शुक्रबार नेपाल प्रेस युनियन कञ्चनपुरले भीमदत्त नगरपालिकामा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै नेता सिंहले एक वर्षसम्म पनि सरकारले प्राथमिकता पहिचान गरेर गति लिन नसकेकाले सबै क्षेत्रमा असन्तुष्टि बढेको बताए। 'विकास निर्माणदेखि शान्ति सुरक्षाका सबै क्षेत्रमा सरकारले सन्तोषजनक काम गर्न सकेको छैन्' उनले भने, ‘जनताको विश्वास जितेको सरकारले जनताको सुरक्षा गर्न सकेको छैन।’

    निर्मला हत्या प्रकरणमा सरकार संवेदनशील नभएको नेता सिंहले आरोप लगाए। 'निर्मलाको बलात्कारपछि हत्यो भयो। यो घटनामा पनि सरकारले गम्भीर भएर चासो दिएन्', उनले भने, ‘मन नलागीनलागी अनुसन्धान भइरहेको छ। अपराधी सार्वजनिक हुने कुनै छाँट देखिँदैन।’

    वाइडबडी प्रकरणमा सरकार गल्ती ढाकछोपमा लागेको नेता सिंहले बताए । उनले संसदीय उपसमितिको प्रतिवेदनअनुसार काराबाही प्रक्रिया अघि बढाउनुको साटो छानबिन आयोग बनाएर गल्ती ढाकछोप गर्ने षड्यन्त्र भएको बताए। 'संसदको लेखा समितिको उपसमितिले दिएको प्रतिवेदनअनुसार दोषीमाथि कारबाही हुनु पर्दथ्यो' नेता सिंहले भने, ‘तर यहाँ सरकार संसद्लाई अटेरी गर्दै हिँडेको छ। छुट्टै छानबिन आयोग गठन भएको छ।’

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल-thahakhabar16@gmail.com
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४/९८४१३०४३९१ (प्रेम)
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: mkt.thahakhabar@gmail.com

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]