खेलकुद

फाल्गुनन्द गोल्डकप : आज रोयल दार्जिलिङ र नेपाल आर्मी भिड्ने
SHARES

पुस २८, २०७५

    काठमाडौं : पाँचथरको फिदिममा जारी फाल्गुनन्द गोल्डकप फुटबलको दोस्रो सेमिफाइनलमा रोयल फुटबल क्लब दार्जिलिङ र विभागीय टिम नेपाल आर्मी भिड्ने भएका छन्। खेल शनिबार दिउँसो २ बजेपछि फिदिम माविको खेल मैदानमा हुनेछ। 

    विजेता टिमले उपाधिका लागि झापा ११ को सामना गर्नेछ। हिजो भएको खेलमा सरस्वती युथ क्लब काठमाडौंलाई १–० ले हराउँदै झापा ११ प्रतियोगिताको फाइनलमा पुगेको थियो। 

    प्रतियोगिताको फाइनल खेल सोमबार हुनेछ।  विजेताले नगद चार लाख र उपविजेताले दुई लाख रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन्। 

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल-thahakhabar16@gmail.com
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४/९८४१३०४३९१ (प्रेम)
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: mkt.thahakhabar@gmail.com

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]