राजनीति

कर्मचारी समायोजन अध्यादेश परिमार्जन हुनसक्छ : उप्रधानमन्त्री पोखरेल
SHARES

फाइल तस्बिर
पुस २८, २०७५

    भरतपुर : उप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेलले सरकारले ल्याएको समायोजन प्रक्रियाबाट नआत्तिन कर्मचारीलाई आग्रह गरेका छन्। 

    भरतपुरमा जारी नेपाल निजामती कर्मचारी सङ्गठन केन्द्रीय कार्यसमितिको पाँचौ केन्द्रीय बैठकलाई सम्बोधन गर्दै उनले कर्मचारी समायोजन अध्यादेश परिमार्जन हुनसक्ने बताए। ‘अध्यादेशमा के राख्ने, के नराख्ने भन्नेबारे गृहकार्य गर्नुहोस्,’ उपप्रधानमन्त्री पोखरेलले भने, ‘कर्मचारीलाई असर पारिँदैन र पार्न पनि हुँदैन।’ नयाँ राज्य व्यवस्थामा कानुन र संरचना नबन्दा समस्या भएको भन्दै उनले देशमा संवैधानिक र राजनीतिक परिवर्तन भए पनि कानुनी र व्यवहारिक प्रक्रिया मिलाउन बाँकी रहेको बताए। 

    फागुनभित्रै कानुन निर्माण गरिसक्ने गरी सरकारले काम गरिरहेको छ भन्दै उनले सरकार पाँच वर्ष टिक्छ भनेर धेरैको पेट पोलिरहेको छ तर सरकारले पाँच वर्षभित्रै कायापलट गरेर देखाउने जिकिर गरे। 

    शनिबार सम्पन्न हुने बैठकले सङ्घीय निजामती सेवा नियमावली र कर्मचारी समायोजनका सम्बन्धमा छलफल गर्दैछ। देशभरबाट १४२ केन्द्रीय समितिका पदाधिकारी भरतपुरमा भेला भएको सङ्गठनका जिल्लाअध्यक्ष फणिन्द्रप्रसाद खनालले जानकारी दिए।

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल-thahakhabar16@gmail.com
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४/९८४१३०४३९१ (प्रेम)
इमेल: ad@thahakhabar.com

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]