समाज

निर्धक्क भएर काम गर्ने वातावरण छैन : सुधारगृह सञ्चालक
SHARES

पुस २८, २०७५

    काठमाडौं : सुधार गृह सञ्चालहरुले अझै पनि निर्धक्क भएर काम गर्ने वातावरण नभएको गुनासो पोखेका छन्। रिकभरी सोसाइटी अफ नेपालले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उनीहरूले यस्तो बताएका हुन्। 

    नेपाल बार एशोशिएसनका निर्वतमान सचिव एवं अधिवक्ता विष्णु लुइटेलले राज्यबाटै सामाजिक अभियान्ता तथा सुधारगृहका संचालकमाथि त्रासको वातावरण सिर्जना गरेको आरोप लगाए। सरकारले गर्नुपर्ने काम निजी क्षेत्र र केही सामाजिक अभियन्ताहरूको तर्फबाट भइरहेको अवस्थामा सरकारबाटै यस्ता व्यक्तिमाथि असव्य व्यवहार गरेको उनको भनाइ छ।

    उनले भने, ‘सरकारले यस क्षेत्रको बारेमा बरु आवश्यक कानून बनाएर मानिसहरूलाई सुधार गर्ने र सभ्य नागरिक बनाउने काम गर्नुपर्छ, तर त्यसो हुनुको साटो राज्यबाटै सामाजिक अभियान्ता र सञ्चालकमाथि त्रासको वातावरण सिर्जना गर्ने काम भइरहेको छ भन्ने कुरा सुनिँदैछ। यो बिड्म्बना हो, गृहमन्त्रालयसँगै महिला सुधार गृहको बारेमा कुनै तथ्यांक छ जस्तो मलाई लागेको छैन्, यसको जिम्मेवार पनि गृह मन्त्रालय नै हो।’

    त्यस्तै कार्यक्रममा साहारा नेपाल (महिला) की अध्यक्ष एनी राईले नेपालमा महिला सुधारगृहको अभाव भएको भन्दै सरकारलाई व्यवस्थापनका लागि आग्रह गरेकी छिन्। उनले भनिन्, ‘म पनि पूर्व लागु पदार्थ प्रयोगकर्ता नै हुँ, सडकबाट सुधार केन्द्रसम्म पुगेर अहिले सडकमा पुगेका र जीवनबाट निरास बनेकाहरूलाई सुधार गर्ने अभियानमा छु, देशभरमा महिला सुधार केन्द्र पाँचवटा मात्रै छन्, सुधार गर्ने ठाउँ छैन्, सडकमा पुग्ने परिस्थिति छ।’ 

    लागु पदार्थमा फँसेका महिलाका बारेमा घर परिवार बेखर बन्ने हुँदा सुधार गर्न असहज भएको बताउँदै उनले परिवारले पनि छोरीलाई हेर्ने दृष्टिकोण बद्लिनुपर्छ धारणा राखिन्। परिवारले एउटा व्यक्तिलाई महिनामा ३० हजार जति खर्च गरेर उपचार गर्न नसक्ने हुँदा यसको जिम्मा सरकारले लिनु पर्ने उनको भनाइ छ।

    त्यस्तै रिकभरी सोसाइटी अफ नेपालले कार्यक्रमका संयोजक रवीन कार्कीले सुधार गृहमाथि प्रशासनले विभिन्न आरोप लगाएर दुःख दिने काम गरेको गुनासो पोखे।  उनले भने, ‘सुरक्षा प्रशासनले आधारहीन आरोप लगाएर हामीलाई कहिलेकाहीँ दुःख दिने काम गर्छ, सरकारले गर्नुपर्ने काम हामीले गर्दा पनि जस पाइँदैन, सुधार गृहका बारेमा सरकारले तत्काल उचित मापदण्ड तय गरी कार्यान्वयन गरोस् भन्न चाहन्छु।’  

    कार्कीले स्तरीय र उपलब्धिमुलक काम गरिरहेकाहरूलाई पहिचान गरी उनीहरूलाई थप हौसला र सहयोग सम्मान गर्न पनि राज्यसँग माग गरे।  त्यस्तै अर्का सुधारगृह सञ्चालक वाङ्दे लामाले महिला सुधारगृहका बारेमा सरकार नै गम्भीर हुनुपर्ने बताए। उनले भने, ‘जीवनको मार्गबाट विचलित बनेकाहरूको बारेमा सरकार गम्भीर बनोस्।'

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल-thahakhabar16@gmail.com
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४/९८४१३०४३९१ (प्रेम)
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: mkt.thahakhabar@gmail.com

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]