समाज

मुआब्जा विवादले रोकियो बन्दै गरेको पक्की पुल
SHARES

पुस २८, २०७५

    सल्यान : सल्ली-चौहरजारी सडक खण्डको सल्यानको नाथेखोलामा निर्माणाधीन पक्की पुलको काम पुणः रोकिएको छ। ढलानको अन्तिम तयारिमा रहेको पुलको काम मुआव्जा विवादका कारण रोकिएको हो। जग्गा धनी लक्ष्मी कामीले खोलामा पुल निर्माणले आफ्नो खेतीयोग्य जमिनमा क्षति पुर्‍याएको भन्दै क्षति पूर्ति माग गर्दै आइरहेका छन्।

    क्षतिपूर्ति दिने सहमति गरेको वर्षदिन वितिसक्दा पनि कुनै सुनुवाई नभएपछि बाध्य भएर काम अवरोध गर्नु परेको कामीले बताए। सडक डिभिजनले कुनै स्रोत खोजेर क्षतिपूर्ति दिन्छु भनेको वर्ष दिन भइसक्यो तर अहिले सम्म क्षतिपूर्ति नदिएपछि काम रोक्नु परेको उनको भनाई छ। सडक डिभिजन कार्यालय दाङका डिभिजन प्रमुख बद्री शर्माले विभागमा फाइल पठाएको र उक्त फाइल प्रक्रियामा रहेकाले काममा वाधा नगर्न आग्रह गरेका छन्। जग्गाको मुआव्जा विवादले पुलको काम समय समयमा रोेकिँदा निर्धारित समयमै पुल निर्माण सम्पन नहुने अवस्थाको सिर्जना भएको ठेकेदार हरिवहादुर रावतले बताए।

    पुल सम्पन्न हुने समय अवधि सकिएपछि निर्माण कम्पनी र ठेकेदार च २ पटक  म्याद थपिएको छ। दुई पटक थपिएको म्यादमा पनि काम विवादकै कारण सकिने समस्या भएको रावतको भनाई छ। दुईवर्ष अघि हरिहरि गजुरमुखी र सडक डिभिजन कार्यालय दाङबीचमा २०७४ पुस मसान्तभित्र काम सक्ने गरी चार करोड ७५ लाखमा  पुलको काम गर्ने गरी सम्झौता भएको थियो। मुआव्जा विवादले पुल समयमा नबन्दा वर्षायाममा सल्ली चौहरजारी सडक बन्द हुने गरेको छ।

    विवादका कारण ठेकेदारले पुलमा काम गर्ने मजदुर फिर्ता लगेका छन्। अहिले पनि विवादित काम सुल्झाउन सम्बन्धित निकायले सहयोग नगरेको निर्माण कम्पनीको आरोप छ। तर स्थानीयले भने जति सक्यो जाँडो पुलको काम अघि बढाउन माग गरेका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल-thahakhabar16@gmail.com
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४/९८४१३०४३९१ (प्रेम)
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: mkt.thahakhabar@gmail.com

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]