राजनीति

तीनै तहका सरकारले बजेट 'डुप्लिकेसन' रोक्नुपर्छ : मन्त्री केसी
SHARES

पुस २८, २०७५

    रुकुम : कर्णाली प्रदेशका भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री विमला केसीले तीन तहका सरकारमार्फत् भइरहेको बजेट डुप्लिकेसन रोक्नुपर्ने बताएकी छन्। बजेट डुप्लिकेशनका कारण विकास निर्माण कुन सरकारको दायित्व भित्रको भन्ने अन्योलता सिर्जना भएर ढिलासुस्ती मात्र नभएर भ्रष्टाचार समेत बढेको उनको भनाई थियो। 

    प्रेस सेन्टर नेपाल र प्रेस चौतारी नेपाल रुकुमले सयुक्त रुकुममा रुकुम पश्चिम खलंगामा आयोजना गरिएको पत्रकार भेटघाट कार्यक्रममा उनले यस्तो बताएकी हुन्। ‘आआफ्नो पहुँचको आधारमा कुनै योजनामा तिनवटै सररकारको बजेट छ। कतै एउटा सरकारको पनि छैन’ मन्त्री केसीले भनिन्, ‘कम्तिमा एक करोड भन्दा ठूलो योजना मात्र प्रदेश सरकारले संचालन गर्नुपर्छ। साना योजना भए पनि स्थानीय तहलाई नै जिम्मेवारी दिनुपर्छ।’

    संघीय सरकारको ढिलासुस्तीकै कारण प्रदेश सरकारको कामकारबाहीले गति लिन नसकेको पनि उनको भनाई थियो। ‘संघीय सरकारकै ढिलासुस्तीका कारण प्रदेश मातहतका कार्यक्रमहरूमा कतै बजेट छ कर्मचारी छैनन्। कतै कर्मचारी छन् कार्यक्रम र बजेट छैन। अनि कसरी बजेट तथा नीति कार्यक्रम कार्यान्वयन हुन्छ’ उनले भनिन्।  
     

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल-thahakhabar16@gmail.com
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४/९८४१३०४३९१ (प्रेम)
इमेल: ad@thahakhabar.com

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]