समाज

बाजुरामा एक व्यक्ति मृत फेला
SHARES

File Photo
पुस २८, २०७५

    बाजुरा : बाजुरा जिल्ला बूढीगंगा नगरपालिकाका १ अमकोटका एक जना पुरुषले झुण्डिएर आत्महत्या गरेका छन्। ४५ वर्षीयका खगेन्द्र उपाध्यायले झुण्डिएर आत्महत्या गरेको जिल्ला प्रहरी कार्यालय बाजुराका डिएसपी उद्धवसिंह भाटले जानकारी दिए।

    उपाध्याय शुक्रबार राति घरबाट हराएका थिए। उनका घरपरिवारले खोज्दै जाँदा उनी शनिबार बिहान ८ बजेतिर घर नजिकैको जंगलको रुखमा घाँटीमा डोरी लगाई झुण्डिएर आत्महत्या गरेको अवस्थामा भेटिएको डिएसपी भाटले बताए। पारिवारिक श्रोतका अनुसार मृत्युपूर्व उपाध्यायको मानसिक सुन्तुलन ठीक नभएको र उनले यस अघिपनि घरमा विभिन्न कारण देखाई कहिल्यै 'भीरमा हामफाल्छु', कहिल्यै 'नदीमा हामफाल्छु' भनी बारम्बार भन्ने गरेका थिए।

    परिवारका सदस्यले आफन्तको सहारामा शवलाई पोष्टमार्टमका लागि जिल्ला अस्पताल बाजुरा ल्याएका छन्। मृतकको पोष्टमार्टमपछि आइतबार दाहसंस्कार गरिने पारिवारिक श्रोतले जनाएको छ। मृतक उपाध्यका परिवारमा बूढी आमा, पत्नी र १५ वर्षका १ छोरा रहेका छन् । मृतकका बुवाको पहिले नै मृत्यु भई सकेको थियो।

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल-thahakhabar16@gmail.com
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४/९८४१३०४३९१ (प्रेम)
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: mkt.thahakhabar@gmail.com

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]