समाज

माघेसंक्रान्तिमा ४७ हल गोरु जुधाउने तयारी
SHARES

File Photo
पुस २८, २०७५

    काठमाडौं : नुवाकोटको तारुकामा मनाइँदै आएको गोरु जुधाउने पर्वमा यस वर्षको माघे संक्रान्तिमा ४७ हल गोरु जुधाइने तयारी गरिएको छ।

    रसुवा नुवाकोट पर्यटन समाजले शनिबार राजधानीमा पत्रकार सम्मेलन गरि पर्वबारे जानकारी गराएको हो। नुवकोटको तारुकामा २३, बेत्रावतीमा ८, घले गाउँमा १६ तथा धादिङको धुवाकोटमा १८ हल गोरु जुधाउनका लागि दर्ता भएको जानकारी पत्रकार सम्मेलनमा गराइयो।

    नुवाकोटको बेत्रावती, र तारुकामा मात्रै मनाइँदै आएको यो पर्व यसै वर्षदेखि घले गाउँ र धादिङको नीलकण्ठ नगरपालिकास्थित धुवाँकोटमा पनि गोरु जुधाइने पर्यटन समाजका अध्यक्ष बलराम न्यौपानेले जानकारी दिए। गोरु जुधाइँसँगै स्थानीय कला संस्कृति झल्कने झाँकी, राष्ट्रिय कलाकारद्वारा सांस्कृतिक कार्यक्रम, स्थानीय लोक भजन लगायतका कार्यक्रम पनि यसै वर्षदेखि थप गरिएको आयोजकले बताए।

    तारुकामा पछिल्लो १२ वर्षदेखि मेला व्यवस्थापन गरी एकै स्थानमा गोरु जुधाइँदै आएको छ। प्रतियोगितामा सामेल भएका गोरु शारीरिक रुपमा अशक्त भएमा वा सिङमात्रै भाँचिएमा पनि बीमाको व्यवस्था तथा विजेता/उपविजेतालाई पुरस्कारको पनि व्यवस्था गरिएको छ।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल-thahakhabar16@gmail.com
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४/९८४१३०४३९१ (प्रेम)
इमेल: ad@thahakhabar.com

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]