समाज : सुरक्षा/अपराध

सिरहाबाट सुन तस्करीको आरोपमा वडाध्यक्षसहित छ जना पक्राउ
SHARES

पुस २८, २०७५

    लहान : सशस्त्र प्रहरीले अवैध सुन र तीन जनालाई पक्राउ गरी सार्वजनिक गरेलगत्तै सिरहाको लहान नगरपालिकाका एक वडाध्यक्षसहित थप तीन जनालाई पनि पक्राउ गरेको जनाएको छ।

    सिरहा सदरमुकामस्थित सशस्त्र प्रहरी बल हेडक्वार्टर ७ नम्बर गणबाट खटिएको सशस्त्र प्रहरी टोलीले पक्राउ गरिएका तीन जनालाई गणमा सुनसहित शनिबार पत्रकार सम्मेलनमार्फत् सार्वजनिक गरेको एक घण्टा नबित्दै थप तीन जनालाई पनि पक्राउ गरेको दावी गरेको छ। सशस्त्र प्रहरीको सिरहा गणले पक्राउ गरिएका तीन जनाको सूचनाको आधारमा थप तीन जनालाई मिर्चैयाबाट पक्राउ गरेको गणका प्रहरी नायव उपरीक्षक खेमनारायण अधिकारीले बताए।

    सबै एकै ठाउँबाट पक्राउ : डिआइजी श्रेष्ठ

    पूर्व-पश्चिम राजमार्गअन्तर्गत गोलबजार नगरपालिका ९ घुर्मी खोला नजिकबाट विशेष सूचनाको आधारमा सशस्त्र प्रहरीले शनिबार बिहान २ बजेतिर छ जनालाई पक्राउ गरेको सशस्त्र प्रहरीका डिआइजी प्रवीणकुमार श्रेष्ठले बताए। डिआइजी श्रेष्ठका अनुसार छ जनालाई एउटै स्कर्पियोबाट पक्राउ गरिएको भए पनि तीन जनासँग मात्र सुन बरामद भएकाले तीन जनालाई सार्वजनिक नगरिएको हुन सक्ने बताए।

    सिरहास्थित सशस्त्र प्रहरी बल हेडक्वार्टर ७ नम्बर गणका प्रमुख प्रहरी उपरीक्षक सोमबहादुर गुरुङको कमाण्डमा खटिएको सशस्त्र प्रहरी टोलीले शनिबार बिहान २ बजेतिर  काठमाडौंबाट लहानतर्फ आउँदै गरेको बीआर ३२ पीए ४६४४ नम्बरको भारतीय स्कर्पियोबाट अवैध सुनसहित छ जनालाई पक्राउ गरेको थियो। सशस्त्र प्रहरीले एक केजी सात सय ५७ ग्राम सात सय २० मिलीग्राम सुनसहित पक्राउ गरिएका छ जनालाई थप अनुसन्धान र कारबाहीका लागि शनिबार नै सुनसरीको इटहरीस्थित राजश्व अनुसन्धान विभाग पठाइएको डिआइजी श्रेष्ठले जानकारी दिए। 

    पक्राउ पर्नेमा निर्वाचित वडाध्यक्ष पनि

    सशस्त्र प्रहरीले पक्राउ गरेकाहरूमा लहान नगरपालिका १९ सोनमती मझौराका निर्वाचित वडाध्यक्ष ४२ वर्षीय मोहमद हकिमसमेत रहेका छन्। सशस्त्र प्रहरीका अनुसार वडाध्यक्ष हकिमसहित सोनमती मझौराकै २४ वर्षीय मोहमद रहमान र सप्तरीको खड्क नगरपालिका ३ बनरझुला घर भएका १८ वर्षीय मोहमद अफ्रोजसमेत पक्राउ परेका छन्।

    पक्राउ परेलगत्तै सशस्त्र प्रहरीले खानतलासीको क्रममा लहान १९ घर भएका स्कर्पियो चालक ३२ वर्षीय मोहमद रियाज राईनको साथबाट चार थान बाला र तीन वटा काँचो सुन, रियाजका छिमेकी २८ वर्षीय मोहमद अमिरुलको साथबाट एउटा बाला र ४५ वर्षीय कैयुम राईनको साथबाट एउटा बाला बरामद भएको छ। पक्राउ परेकाहरूको साथबाट नगद ३४ हजार पाँच सय रुपैयाँ र ६ थान मोवाइल सेट बरामद भएको सशस्त्र प्रहरीको सिरहा गणले जनाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल-thahakhabar16@gmail.com
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४/९८४१३०४३९१ (प्रेम)
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: mkt.thahakhabar@gmail.com

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]