समाज : सुरक्षा/अपराध

सिन्धुलीका कारागारमा क्षमताभन्दा ६ गुणा बढी कैदीबन्दी
SHARES

प्रतीकात्मक तस्बिर
पुस २८, २०७५

    सिन्धुली : शारदा बुढाथोकी कारागार कार्यालय सिन्धुलीमा अहिले अवैध गर्भवतनको अभियोगमा पुर्पक्षको लागि थुनामा रहेकी छिन्।

    कारागार कार्यालय सिन्धुलीमा क्षमता भन्दाबढी कैदी राखिएकाले साँघुरो कोठामा कठिनसँग रात काट्दै आएको उनले बताइन्। ‘मेरो दुई वर्षको छोरीसहित १२ जना महिला एउटा साँघुरो कोठाभित्र बस्नु परेको छ’, उनले भनिन् ‘अचेलको जाडो यही हो, कोठाभित्र घामको मुख देख्न पाइँदैन। गेटमा म्याट ओछ्याएर नानी लिएर सुत्ने गरेकी छु।’

    उनी एक प्रतिनिधि पात्रमात्रै हुन्। उनीजस्तै अन्य कैदीबन्दीको गुनासो यस्तै छ। कारागार कार्यालय सिन्धुलीमा क्षमता भन्दाबढी कैदीहरू राखिदा भेडाबाख्रा झै बस्न बाध्य भएका छन्।

    २५ जनाको क्षमता रहेको कार्यालयमा अहिले कैदीबन्दी गरी क्षमताको झण्डै ६ गुणा बढी १४२ जना र एक जना आश्रित बालबालिका समेत गरी १४३ जना बस्दै आएका छन्। जनसंख्या वृद्धिसँगै अपराधका घटना पनि बढेकाले कैदीको चाप बढेको कार्यालयले जनाएको छ।

    कारागारमा रहेका कैदीमध्ये अदालतले सजाय तोकेका ११० जना कैदी र पुर्पक्षका लागि थुनामा राखेका कैदीको संख्या ३२  रहेको छ। कैदीको संख्यामध्ये ११ जना महिला रहेका कारागार कार्यालयले जनाएको छ।

    सुत्नको लागि कैदीलाई खाटको समेत व्यवस्था नभएको उनीहरुको गुनासो छ। जाडोको मौसम भएकाले महिला कैदीलाई दैनिक रुपमा दिउँसो एक/डेढ घण्टा घाममा निकालेर राख्ने गरिएको कारागार कार्यालयका इन्चार्ज प्रहरी नायब निरीक्षक सुरेशकुमार झाले बताए।

    वि.स.२०२५ सालमा निर्मित भवन जीर्ण बन्दै गएको र भूकम्पले समेत चिरा पारेकोले नयाँ भवन निर्माणका लागि आठ करोड ८८ लाख रुपैयाँको लागतमा डाँफे कन्ट्रक्सन धुलीखेलले ठेक्का पाएको कार्यालय प्रमुख(जेलर) मात्रिका प्रसाद पहाडी बताउछन्। तीन वर्ष्भित्र उक्त नयाँ भवन निर्माण गरिसक्नु पर्ने उनको भनाई छ।

    चौकीदार बिदुर कार्की पनि लागुऔषधका थुनुवाहरूका कारण कैदीबन्दीको चाप बढेको बताउँछन्। झट्ट हेर्दा कारागार अपराधिले सजाय भुक्तान गर्ने ठाउँको रुपमा देखिए पनि सुधार गृहको रुपमा कैदीले महसुस गर्दै आएका उनको भनाई छ।

    कारागार कार्यालय सुधार गृहको रुपमा विकास हुँदै गएको जानकारी दिँदै उनले भने, ‘साँघुरो नहोस भनेर ट्रष्ट थपेर कैदीलाई राखिएको छ। भित्रको वातावरण, सरसफाई सबै राम्रो छ।’

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल-thahakhabar16@gmail.com
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४/९८४१३०४३९१ (प्रेम)
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: mkt.thahakhabar@gmail.com

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]