समाज

ज्येष्ठ नागरिकलाई निःशुल्क फाइबर सिरक वितरण
SHARES

पुस २८, २०७५

    दाङ : तुलसीपुर उपमहानगरपालिकाले ज्येष्ठ नागरिकलाई न्यानो कपडा वितरण गर्ने अभियानलाई निरन्तरता दिएको छ। उपमहानगरपालिकाले ज्येष्ठ नागरिकलाई सम्मानस्वरूप गत आर्थिक वर्षबाट नै न्यानो कपडा वितरण कार्यक्रम शुरु गरेको थियो।

    शुक्रबार तुलसीपुर १५ र १८ वडाका ज्येष्ठ नागरिकलाई न्यानो कपडा वितरण गरिएको छ। जनताको सुखदुःखमा आफूहरू सधैँ साथमा रहेको तुलसीपुर उपमहानगरपालिकाकी उपप्रमुख माया आचार्यले बताइन्। ‘हामीले सबै खाले जनताको अनुहारमा खुसी ल्याउन खोजिरहेका छौँ’ उपप्रमुख आचार्यले भनिन्। त्यसैअनुसार वडा नम्वर १८ मा पनि ज्येष्ठ नागरिकलाई न्यानो कपडा वितरण गरिएको उनले बताइन्।

    उनका अनुसार दलितको हकमा ८० वर्ष पूरा भएको र अन्यको हकमा ८४ वर्ष पूरा भएकालाई न्यानो कपडा वितरण गरिएको हो। वडाध्यक्ष माधव वलीका अनुसार ३२ जना ज्येष्ठ नागरिकलाई न्यानो कपडा वितरण गरिएको छ। वडाध्यक्ष वलीले अन्य बाँकी रहेको ज्येष्ठ नागरिकलाई घरमै गएर न्यानो कपडा वितरण गरिने बताए।

    त्यस्तै लमही नगरपालिकाले ज्येष्ठ नागरिकको सम्मानस्वरूप न्यानो फाइबरको सिरक निःशुल्क वितरण गरेको छ। शुक्रबार वडा नम्बर ४ का १२७ जना ज्येष्ठ नागरिकलाई न्यानो फाइबरको सिरक वितरण गरिएको वडाध्यक्ष सुवास न्यौपानेले बताए। ७० वर्षभन्दा माथि उमेरका १२७ जना ज्येष्ठ नागरिकलाई २ लाख बराबरको न्यानो सिरक वितरण गरिएको उनले बताए।

    ज्येष्ठ नागरिक सम्मान कार्यक्रममा बोल्दै नगर प्रमुख कुलबहादुर केसीले सम्मान गर्ने विकासको आवश्यक रहेको बताए। उनले नगरभित्र रहेका सम्पूर्ण ज्येष्ठ नागरिकलाई नीतिगत रूपमा सम्मान गर्ने र यो कार्यलाई निरन्तरर्ता दिने बताए।

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल-thahakhabar16@gmail.com
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४/९८४१३०४३९१ (प्रेम)
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: mkt.thahakhabar@gmail.com

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]