खेलकुद

रोहितको शतकले पनि भारतले हार टार्न सकेन
SHARES

पुस २९, २०७५

    पाहुना टोली भारत अस्ट्रेलियासँग पराजित भएको छ। घरेलु टोली अस्ट्रेलियाले भारतविरुद्ध सिड्नीमा भएको तीन खेलको एकदिवसीय सिरिजमा पहिलो खेलमा भारतलाई ३४ रनले पराजित गर्दे अस्ट्रेलियाले सिरिजमा १–० को अग्रता लिएको छ।

    अन्तर्राष्ट्रिय क्रिकेटमा अस्ट्रेलियाले १ हजारौं जित निकाल्न सफल भएको छ। अस्ट्रेलियाले अहिलेसम्म कुल १८५२ अन्तराष्ट्रिय खेल खेलेको छ। जसमा अस्ट्रेलिया ५९३ खेलमा पराजित भएको छ। अस्ट्रेलियाको समग्रमा जितको संख्यानै राम्रो रहँदै आएको छ। एकदिवसीय खेलमा अस्ट्रेलिया संधैको दाबेदारका रुपमा परिचित रहँदै आएको छ।

    भारत लगातार विकेट पतनको सिकार भएपनि ओपनर रोहित शर्माले १ सय ३३ रनको शतकीय इनिङ खेले। उनले आफ्नो इनिङमा १२९ बलमा १० चौका र ६ छक्का प्रहार गरेका थिए। यद्यपी शर्माको सतकीय इनिङलेपनि भारत जित निकाल्न भने असफल भयो। पहिलो ब्याटिङ गर्दे अस्ट्रेलियाले भारतलाई २ सय ८९ रनको लक्ष्य दिएको थियो। तर भारत ५० ओभरमा ९ विकेट गुमाउर २ सय ५४ रनमात्र बनाउन सफल भयो।

    भारत सुरुवातमा लगातार विकेट पतनको सिकार भएपनि रोहित शर्माले उसलाई समानजनक अबस्था सम्म पुर्‍याएका थिए। ओपनर शर्मा एकलौटी क्रिजमा रहँदा शिखर धवन पहिलो बलमानै आउट भए। त्यस्तै विराट कोहली ३ रनमा पेभिलियन फर्किदा अम्बाती रायडुपनि शुन्य रनमा आउट भए। एकसमय ४ रन जोड्दा ३ विकेट गुमाएपनि रोहितलाई महेन्द्र सिंह धोनीले चौंथो विकेटका लागि १ सय ३७ रनको साझेदारी गरेका थिए। धोनी ५१ रनको अर्धसतकीय इनिङ बनाएर आउट भएपछि पुन भारत धरासायि बनेको थियो। थप दोहोरो स्कोरका रुपमा दिनेश कार्तिकको १२ रन तथा भुवनेश्वर कुमारले २९ रनको अविजित इनिङ खेले। अस्ट्रेलियाका झय रिर्चडसनले ४ विकेट लिएका थिए।

    भारतविरुद्ध पहिलो ब्याटिङ गरेको अस्ट्रेलियाले निर्धारित ५० ओभरमा ५ विकेट गुमाएर २ सय ८८ रन बनाएको थियो। अस्ट्रेलियाको इनिङ मध्य क्रमले समालेको थियो। अस्ट्रेलियाका उस्मान ख्वाजा, सन मार्स, पिटर ह्यान्डसकमले अर्धसतक पुरा गरेका थिए । अस्ट्रेलियाका लागि ह्यान्डसकमले सर्वाधिक ७३ रन बनाएका थिए। उनले ६ चौका र २ छक्का सहित ६१ बल खेल्दै ७३ रन बनाएका थिए। त्यस्तै मार्सले ५४ रन बनाउँदा ख्वाजाले ५९ रनको योगदान दिए। त्यस्तै मार्कुस स्टोनिसले ४७ रन र ग्लेन म्याक्सवेल ११ रनमा अविजित फर्किएका थिए।

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल-thahakhabar16@gmail.com
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४/९८४१३०४३९१ (प्रेम)
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: mkt.thahakhabar@gmail.com

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]