खेलकुद

मलेसियाविरुद्ध नेपालको शानदार जित, सरिताले लिइन् ४ विकेट
SHARES

पुस २९, २०७५

    काठमाडौं :  थाइल्याण्डमा जारी थाइल्याण्ड महिला टी –ट्वान्टी स्म्यास क्रिकेटमा नेपालले मलेसियालाई ६ विकेटले पराजित गरेकाे छ। 

    आज भएको आफ्नो दोस्रो खेलमा मलेसियाले दिएको ६२ रनको लक्ष्य १६ दशमलव २ ओभरमा चार विकेट गुमाएर लक्ष्य भेट्टायो। नेपालका लागि सर्वाधिक रन रोमा थापाले अविजित २० रन बनाइन, त्यस्तै सिता रानामगरले १६ रनको योगदान गरिन।

    यसअघि टस जितेर पहिले व्याटिङ गरेको मलेसियाले  १९ ओभर ३ बलमा अलआउट हुँदै ६१ रनमा समेटियो।  मलेसियाका लागि सर्वाधिक १२ रन सियो तिजिनले बनाउँदा युर्सरिना याकुबले ११ रनको योगदान गरिन। ती बाहेक अन्य कुनै व्याट्सम्यानले दोहोरो अंक बनाउन सकेनन्। 

    मलेसियाको इनिङलाई सस्तैमा समेटन सरिता राना मगर एक्लैले ४ विकेट लिईन्। त्यस्तै कविता कुँवर, इन्दु बर्मा र नेरी थापाले समान एक एक विकेट लिए।

    थाइल्याण्ड क्रिकेट एसोसियसनको आयोजनामा जारी प्रतियोगिताको समूह ए मा रहेको नेपालले तेस्रो खेलमा भोली युएई र बुधबार थाईल्याण्डसँग प्रतिस्पर्धा गर्नेछ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल-thahakhabar16@gmail.com
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४/९८४१३०४३९१ (प्रेम)
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: mkt.thahakhabar@gmail.com

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]