राजनीति

विचौलियाका कारण अनियमितता बढ्दै : प्रमुख आयुक्त
SHARES

जेठ ५, २०७६

    हेटौंडा : अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त नवीनकुमार घिमिरेले विचौलियको कारणले अनियमितता बढदै गएको बताएका छन्।  तीनै तहका सरकारमा विचौलिया प्रभाव बढ्दै गएको उनले बताएका हुन्।

    अख्तियार दुरुपयोग अनुसन्धान आयोगको हेटौंडा स्थित कार्यालयको आयोजनामा कार्यालय प्रमुखहरूसँग भएको छलफल कार्यक्रममा बोल्दै उनले हरेक क्षेत्रमा हुने विचौलियाको प्रभाव  बढ्नु चुनौतीको विषय भएको बताए। उनले स्थानीय तहमा देखिएको विचौलियाले स्थानीय प्रशासनले नै तह लगाउन पर्ने बताए। 

    सरकारले गरेका एक हजार ८ सय ४८ वटा रुग्ण प्रकृतिका ठेक्काको काम हेर्दा ठूलो अनियमितता भएको भन्दै उनले उक्त  योजनामध्ये ४७ वटा योजनाको अनियमितताका विषयमा विस्तृत अनुसन्धान गरिरहेको बताए।   

    सरकारी जग्गाको अनियमितता हेर्न निर्देशन

    प्रमुख आयुक्त घिमिरेले पछिल्लो समय बाहिर आइरहेको सरकारी जग्गाको अनियमिततामा अख्तियारले विस्तृत अनुसन्धान गरिरहेको बताएका छन्। उनले अनियमितताको बारेमा कार्यालय प्रमुखहरुले विशेष रुपमा हेर्न निर्देशन दिएका हुन्।

    अख्तियारका अनुसार अहिले १ सय ४० जनाको सम्पत्तिमा अख्तियारले छानविन गरिरहेको छ।  स्थानीय तहका सरकारमा सबै भन्दा धेरै भ्रष्टाचार बढेर गएको घिमिरेले बताएका छन्। स्थानीय तहको भ्रष्टाचार डरलाग्दो रहेको भन्दै नातेदार र नजिकका व्यक्तिलाई स्थानीय तहले उपभोक्ता समिति बनाएर काम गर्दा भ्रष्टाचार बढेको बताएका हुन्।

    अख्तियार आयोगका सचिव महेश्वर न्यौपानेले सबै भन्दा बढी उजुरी स्थानीय तहका परेको बताए।  स्थानीय तहमा भएका नराम्रा काम जिल्ला समन्वय समिति र प्रदेश सरकारले हेर्नुपर्ने न्यौपानेले बताएका छन्।

    कार्यक्रममा प्रदेश-३ का सरकारका प्रमुख सचिव आनन्दराज ढकालले क्रसर उद्योग र खोला उत्खनन् निकै डरलाग्दो रुपमा अगाडी बढेको बताएका थिए। बालुवा, ढुंगाको उत्खननको  नियमन गर्ने संघिय सरकार की प्रदेश सरकार भन्ने अझै अन्यौलता रहेको बताएका थिए।

    कार्यक्रममा मकवानपुरका प्रमुख जिल्ला अधिकारी अस्मान तामाङ, आयोगको हेटौंडा कार्यालयका प्रमुख हुमकला पाण्डे, कार्यक्रममा प्रदेश सरकारका सचिवहरू लगायतको उपस्थिति रहेको थियो।

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल-thahakhabar16@gmail.com
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४/९८४१३०४३९१ (प्रेम)
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: mkt.thahakhabar@gmail.com

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]