खेलकुद

अभ्यास खेलमा पाकिस्तानपछि भारत पनि हार्यो
SHARES

एक दिवसीय विश्वकप क्रिकेट

जेठ ११, २०७६

    लण्डन : एक दिवसीय कपमा भाग लिन बेलायत पुगेको भारतीय क्रिकेट टिमको शुरुवात निराशाजनक रहेको छ। भारतले पहिलो अभ्यास खेलमा हार ब्यहोर्नुपरेको छ। 
    न्यूजील्यान्डले शनिवार ओभल क्रिकेट ग्राउन्डमा भारतलाई ६ विकेटलले पराजित गरेको छ । य खेलमा भारतले  टस जितेर पहिले ब्याटिङमा जाने निर्णय गर्यो। 

    तर उसको यो निर्णय सही सावित भएन र भारतीय टिम ३९.२ ओभरमा १७९ मै अलआउट हुन पुग्यो। भारतका ६ ब्याट्सम्यानले त दोहोरो रन बनाउनै सकेनन्। 

    २२.३ ओभरमा ९१ रन बनाएको अवस्थामा भारतका ७ विकेट झरेका थिए। लक्ष्य पछ्याउँदै ब्याटिङमा उत्रिएको न्यूजील्यान्डले ३७.१ ओभरमै ४ विकेट गुमाउँदै १८० रन बनाएर जित निकाल्यो। 

    रवीन्द्र जडेजाले भुवनेश्वर कुमारसँग मिलेर भारतको स्कोर १०० सम्म लगेका थिए। ११५ को कुल स्कोरमा भुवनेश्वर आउट भए। त्यसपछि जडेजाले कुलदीप यादवसँग मिलेर नवौँ विकेटका लागि ६२ रनक साझेदारी गरे। जडेजाले ६ चौका र २ छक्कासहित ५० बलमा ५४ रन बनाए। जडेजाका अलावा कप्तान विराट कोहली (१८), हार्दिक पन्ड्या (३०), महेन्द्र सिंह धोनी (१७) र कुलदीप यादव (१९) दोहोरो रन बनाउन सके।

    यसअघि शुक्रबारै भएको पहिलो अभ्यास खेलमा अफगानिस्तानले पाकिस्तानविरूद्ध सनसनीपूर्ण जित निकालेको थियो। शुक्रवार विश्व कप क्रिकेटको अभ्यास खेलमा पाकिस्तानलाई तीन विकेटले पराजित गरेको छ। यसअघि अफगानिस्तानले इङ्ग्ल्यान्डमा कुनै म्याच खेलेको थिएन। 

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल-thahakhabar16@gmail.com
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४/९८४१३०४३९१ (प्रेम)
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: mkt.thahakhabar@gmail.com

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]