खेलकुद

युरोकप छनोट : इस्टोनियाको पोस्ट्मा जर्मनीको आठ गोल
SHARES

जेठ २९, २०७६


    एजेन्सी : युरोकप छनोट अन्तर्गत गएराति भएको खेलमा जर्मनीले इस्टोनियाविरूद्ध गोलको बर्षा गरेको छ। एकपक्षीय खेलमा जर्मनीले इस्टोनियालाई ८-० को फराकिलो अन्तरले हराएको हो। 

    घरेलु मैदानमा भएको खेलमा जर्मनीले फराकिलो जित निकाल्दा मार्को रिउस र सर्जी जिनाब्रीले २/२ गोल गरे । लियोन गोरेट्का, इकेए गुन्डोगान, टिमो वेर्नर र लिरोए सानेको नाममा १/१ गोल रह्यो।

    जर्मनीले पहिलो हाफमै ५ गोल गरेको थियो । उसले दोस्रो हाफमा ३ गोल थप्यो। जर्मनीका लागि १० औं मिनेटमा मार्को रिउसले थिलो केरहरको पासमा गोल गर्दै अग्रता दिलाए । 

    त्यसपछि १७ औं मिनेटमा लिरोए सानेको पासमा सर्जी जिनाब्रीले गोल गरे । २० औं मिनेटमा जोसुवा किम्मिचको पासमा लियोन गोरेट्काले गोल गरेपछि अग्रता ३-० मा पुग्यो।

    जर्मनी रोकिएन। २६ औं मिनेटमा इकेए गुन्डोगानले पेनाल्टीमा गोल गरे। त्यसपछि ३७ औं मिनेटमा मार्को रिउसले व्यक्तिगत दोस्रो गोल गरे। योसँगै उसले पहिलो हाफमा ५ गोललको अग्रता बनायो।

    दोस्रो हाफमा जर्मनीले ३ गोल थप्यो। ६२ औं मिनेटमा सर्जी जिनाब्रीले टिमका लागि व्यक्तिगत दोस्रो गोल गरे । ७९ औं मिनेटमा टिमो वेर्नरले गोल गरे। ८८ औं मिनेटमा लिरोए सानेले गोल गरेपछि जर्मनीले ८-० को फराकिलो जित निकाल्यो। 

    यो जितसँगै जर्मनी समूह ‘सी’ मा ३ खेलबाट ९ अंक जोडेर दोस्रो स्थानमा छ। यो समूहमा ४ खेलबाट १२ अंकसहित नेदरल्यान्ड्स शीर्ष स्थानमा रहेको छ । 

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल-thahakhabar16@gmail.com
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: mkt.thahakhabar@gmail.com

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]