राजनीति

विभागको प्रष्टीकरण : सगरमाथा आरोहीको मृत्यु ट्राफिक जामले होइन
SHARES

जेठ २९, २०७६

    काठमाडौं : नेपाल पर्यटन विभागले सगरमाथामा आरोहीको मृत्यु ट्राफिक जामले नभई अन्य कारणले भएको स्पष्ट पारेको छ। विभागले बुधबार विज्ञप्ति निकालेर हाइ अल्टिच्युट, प्रतिकुल मौसम तथा मौसमको सीमित अनूकुलता, अचानक मुर्छा पर्ने, शारीरिक कमजोरी लगायतका कारणले आरोहीको मृत्यु हुने गरेको जनाएको छ।

    अधिक अनुमति दिँदा सगरमाथामा ट्राफिक जाम भई आरोहीको मृत्यु भएको समाचारहरु आएकोप्रति ध्यानाकर्षण भएको जनाउँदै विभागले आफ्नो प्रस्टीकरण दिएको हो। विभागले यो सिजनमा ३ सय ८१ जनालाई सगरमाथाको आरोहणका लागि अनुमति दिएकोमा उनीहरूका सहयोगीसहित ६ सय ५९ जनाले सगरमाथाको आरोहण गरेको जनाएको छ।

    आरोहणका क्रममा ८ जनाको मृत्यु भएको र एक जना हराइरहेको विभागले जारी गरेको विज्ञप्तिमा उल्लेख छ। सगरमाथा लगायतका हिमालको आरोहणका क्रममा मृत्यु भएका तथा हराइरहेका लगायत पर्वतारोहणका क्षेत्रमा देखापरेका नीतिगत, कानूनी, संरचनागत, कार्यविधि सुधारका लागि सरकारले समिति गठन गरेको पनि विभागले जनाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल-thahakhabar16@gmail.com
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४/९८४१३०४३९१ (प्रेम)
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: mkt.thahakhabar@gmail.com

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]