खेलकुद

मेसीको समर्थनमा चिलीका कप्तान मेडेलले भने : रेफ्रीले बदमासी गरेकै हुन्
SHARES

असार २३, २०७६

    काठमाडौं : चिलीका कप्तान ग्यारी मेडेलले कोपा अमेरिका अन्तर्गत तेस्रो स्थानका लागि भएको खेलमा अर्जेन्टाइन कप्तान लियोनेल मेसीलाई रेडकार्ड देखाएर अन्याय गरेको बताएका छन्। 

    खेलको ३४ औँ मिनेटमा आफूसँग भएको विवादका क्रममा रेफ्रीले नियतवश रेडकार्ड देखाएको दाबी उनले गरेका हुन्। आफूसहित मेसीलाई पनि रेडकार्ड देखाएकोबारेमा मुख खोल्दै मेडेलले  रेफ्रीको निर्णयमा गम्भीर प्रश्न उठाएका हुन्। 

    खेलका क्रममा तनाव भएपछि मेडेलले अर्जेन्टाइन कप्तना मेसीलाई टाउको र छातीले धक्का दिएका थिए । त्यो बेलामा मेसीले आफूलाई धक्का नदिएको अवस्थामा पनि रेफ्रीले अन्याय गरेको उनले बताएका हुन्। 

    अर्जेन्टिनाले २-१ ले जितेको उक्त खेलपछि मेसीले तेस्रो स्थानको मेडल वितरण समारोह पनि बहिष्कार गरे। मेसीले रेफ्रीहरुलाई भ्रष्ट बनाएर ब्राजिललाई कोपा अमेरिका जिताउन षडयन्त्र गरिएको बताएका थिए। 

    मेडेलले एल्लो कार्ड पनि आवश्यक नपर्ने उक्त विवादमा रेफ्रीको भूमिकामाथि प्रश्‍न उठाउँदै मेसीको समर्थन गरेका हुन्। मेसीसँगको विवादका क्रममा मेडेल धेरै रिसाएका थिए। विवादका क्रममा रेफ्री मारियो डे भिभारले दुवैजनालाई रातोकार्ड देखाउँदै बाहिर पठाएका थिए। मेसीका लागि १४ वर्षको फुटबल करिअरमा यो दोस्रो रेडकार्ड थियो। 

    'म मेसीको समर्थनमा छु, मलाई लाग्छ मेसीलाई त्यो घटनाका बेला एल्लो कार्ड पनि देखाउनु जरुरी थिएन', उनले भनेका छन्, 'हो हामीबीच केही विवाद भएकै हो, छातीले मैले ठोक्काएको पनि हो । तर रेफ्रीले त्यो घटनालाई तत्कालै सम्हाल्नु उपयुक्त हुन्थ्यो।'

    यो खेलमा सर्जियो अग्युएरो र पाउलो डिबालाको गोल मद्धतमा अर्जेन्टिनाले चिलीलाई २-१ ले हराएको थियो । चिलीका लागि अर्ट्युरो भिदालले पेनाल्टीबाट एक गोल गरेका थिए। 

    मेसीले आफूले ब्राजिलविरुद्ध अर्जेन्टिनाले पाउने २ पेनाल्टी नदिएका कारण रेफ्रीको आलोचना गर्नुपरेको बताएका थिए । त्यही कारण चिलीविरुद्धको खेलमा आफूलाई रेडकार्ड देखाइएको उनको भनाइ थियो । 

    उनले यो पटकको कोपा अमेरिका फुटबल नभइ भ्रष्टाचार भएको बताएका थिए। 'कोपा अमेरिका ब्राजिललाई जिताउनैका लागि पहिले नै 'फिक्स' गरिएको हो', उनले भनेका थिए। 

    'हामी त्यहीकारण यो भ्रष्टाचारको शिकार हुन पुग्यौं', मेसीले अगाडि भने, 'उनीहरुले ब्राजिललाई जिताउनैका लागि अन्य टिमको सम्मान गर्न सकेनन्, रेफ्रीलाई भ्रष्ट बनाए।'

    तर दक्षिण अमेरिका फुटबल कन्फेडेरेसनले मेसीको यो टिप्पणीलाई स्वीकार गर्नै नसकिने भनेको छ। सबै सहभागी १२ टिमलाई नै समान र उत्तिकै व्यवहार गरिएको जनाउँदै फुटबल कन्फेडेरेसनले मेसीले कोपालाई सम्मान गर्न नसकेको आरोप उल्टै लगाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल-thahakhabar16@gmail.com
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४/९८४१३०४३९१ (प्रेम)
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: mkt.thahakhabar@gmail.com

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]