समाज

नहरमा डुबेर पर्सामा बालकको मृत्यु

file Photo
असार २६, २०७६

    पर्सा : घर नजिकैको नहरको पानीमा डुबेर पर्सामा एक बालकको मृत्यु भएको छ। यो वर्षको मनसुन सुरु भएसँगै घर नजिकै रहेको नहरमा आएको पानीमा डुबेर पर्सामा एक बालकको मृत्यु भएको हो।

    मृत्यु हुने बालक वीरगन्ज महानगरपालिका-२२ जगरनाथपुर बस्ने दीपेन्द्र साह तुराहका ६ वर्षीय छोरा रोशन साह तुराह रहेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ।

    घर नजिकैको नहरमा शौच गर्न जाने क्रममा चिप्लिएर नहरमा खसी डुबेका रोशन गम्भीर घाइते भएपछि उपचार गर्न वीरगन्जको गण्डक अस्पतालतर्फ लाँदै गर्दा बाटोमा नै मृत्यु भएको पर्साका प्रहरी नायब उपरीक्षक अनन्तराम शर्माले बताए।

    मृतक बालकको शव वीरगन्जको नारायणी अस्पतालमा पोष्टमार्टमपछि आफन्तको जिम्मा लगाइएको छ। घटनाका बारेमा भने थप अनुसन्धान भइरहेको पर्सा प्रहरीले जनाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल-thahakhabar16@gmail.com
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: mkt.thahakhabar@gmail.com

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]