समाज

सिद्धिचरण राजमार्ग दुई दिनदेखि अवरुद्ध

फाइल फोटो
असार २७, २०७६

    काठमाडौं :  लगातारको वर्षाका कारण सिद्धिचरण राजमार्ग दुई दिनदेखि अवरुद्ध छ। ओखलढुङ्गाको मानेभञ्ज्याङ गाउँपालिकामा पर्ने भँडारे खोलामा आएको बाढीका कारण आजदेखि सिद्धिचरण राजमार्गमा सवारी आवागमन ठप्प भएको हो। 

    सगरमाथा क्षेत्रको प्रवेशद्वारमा पर्ने भँडारेको भलका कारण सडक अवरुद्ध भएपछि ओखलढुङ्गा, खोटाङ र सोलुखुम्बु भएर राजधानी र तराईका जिल्ला जाने÷आउने यात्रु अलपत्र परेका छन्। ठाडो खोलामा आएको बाढीले सडक अवरुद्ध पारेपछि सयौँ सवारीमा सवार हजारौँ यात्रु अलपत्र परेको सवारी चालक प्रशान्त केसीले बताए। 'हिजोदेखि बाटैमा बस्नुपरेको छ । होटल पनि भरिभराउ छन् , यात्रुलाई कहाँ के खुवाउने कहाँ राख्ने भन्ने समस्या भइसक्यो”, उहाँका अनुसार खोलामा लेदोसहितको भल बढेको छ' चालक केसीले भने।  

     भँडारेमा सडक अवरुद्ध भएपछि मितेरी भञ्ज्याङ र टोक्सेलसम्म दुईतर्फ सयौँ सवारी रोकिएका छन्। त्यस्तै उदयपुर र सिन्धुलीको सिमानामा पर्ने बादुरा खोलाको बाढीका कारण काठमाडौंका लागि छुटेका सवारी घुर्मी र टोक्सेलमै रोकिएका छन्। सवारी र यात्रुको चापका कारण त्यस क्षेत्रका होटलहरुमा खाना खाजासमेत नपाउने अवस्था आएको स्थानीयवासी बालेन्द्र अधिकारीले बताए।

     थोरै खर्च बोकेर यात्रामा निस्किएका यात्रु अभावमा गुज्रिएका छन्। 'बेलुका घर पुगिएला भनेर पैसा धेरै नबोकी हिँड्यो अब त चाउचाउ खाने पैसा पनि सकियो। साह्रै बिजोग भो यात्रा' यात्रु सुस्मिता राईले भनिन्।

    सडक अवरुद्ध भएपछि ओखलढुङ्गा, खोटाङ र सोलुखुम्बुबाट राजधानीका लागि छुट्ने सवारी शुक्रबार कम मात्रै छुटेका छन्।  जिल्ला प्रहरी प्रमुख पुष्पराज मल्लको नेतृत्वमा सरोकारवालाहरुको टोली सडक सञ्चालन गराउन त्यसतर्फ लागेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । निरन्तरको वर्षाका कारण ओखलढुङ्गाका अन्य कच्ची सडकसमेत अवरुद्ध भएका छन् । 

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल-thahakhabar16@gmail.com
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: mkt.thahakhabar@gmail.com

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]