
बैतडी : ढुंगाले लागेर बैतडीमा एक महिलाको मृत्यु भएको छ। मृत्यु हुनेमा सिगास गाउँपालिका ५ ढुङगाडकी २९ वर्षीया कित्थी चुनारा छिन्।
शुक्रवार बिहान स्थानीय जिनजेनी भीरमा घाँस काट्ने क्रममा माथिबाट आएको ढुंगाले लागेर चुनाराको घटनास्थलमै मृत्यु भएको स्थानीय राजेन्द्र साउँदले जानकारी दिए। मृतक महिला बिहान ८ बजे घाँस काट्न जिनजेनी भीरमा गएकी थिइन्।
मृतक श्रीमान्, दुई छोरा र दुई छोरी रहेका छन्। विगत केहीदिनदेखि बैतडीमा वर्षा भइरहेको छ।
तपाईको प्रतिक्रिया दिनुहोस्
यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।