समाज

११ वर्षीया किशोरी बलात्कार आराेपमा एकजना पक्राउ

साउन ४, २०७६

    बारा: बारामा बालिकामाथि जबरजस्ती करणी गरेको आराोपमा एकजना पक्राउ परेकार छन्। बाराको जितपुरसिमरा उपमहानगरपालिका १६ टाङियावस्तिकी ११ वर्षीया किशोरिमाथि मितेरी मामा पर्ने ३१ वर्षीय हिरामान मोक्तानले जबरजस्ती करणी गरेको आराेप किशोरीले लगाएकी छन। 

    शुक्रबार बेलुका आरोपित मोक्तानले बालिकालाई घरमै लगेर जबरजस्ती करणी गरेको पीडितकी आमाले बताइन्। मोक्तानबाट पीडित किशोरी माथि पटक/पटक करणी हुँदै आएको पीडितले बताइन्।

    गत श्रावण १ गते बेलुका पनि आफूमाथि करणी गरेको पीडित बालिकाले बताइन्। मोक्तानलाई इलाका प्रहरी कार्यालय निजगढले पक्राउ गरेको छ। घटनाको सम्बन्धमा थप अनुसन्धानका लागि स्वास्थ्य परीक्षण गर्न रौतहटको चन्द्रपुर अस्पातल लगिएको इलाका प्रहरी कार्यालय निजगढका प्रहरी निरीक्षक बिक्रम लामाले बताए।

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल-thahakhabar16@gmail.com
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: mkt.thahakhabar@gmail.com

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]