समाज

नारायणगढ-मुग्लिन सडकः स्तरोन्नति गरेको १ वर्षमै टालटुल
SHARES

साउन ६, २०७६

    चितवन : साघुँरो नारायणगढ मुग्लिन सडकलाई स्तरोन्नति गरिएपछि अहिले नमुना सडकका रुपमा हेरिएको छ। ठूलाठूला पहाडको फेदी र त्रिशुलीको तिरैतिर मनोरम दृष्यवलोकन गर्दै फराकिलो सडकमा सरर यात्रा गर्न पाउँदा जो कोहीको मनमा एक किसिमको आनन्द आउने गर्दछ। 

    वर्षौै समय, मिहिनेत र ठूलो धनराशी खर्च गरेर स्तरोन्नति गरिएपछि यसको परिचय फेरिएको छ। कतिपयले विदेशको सडकमा यात्रा गरेजस्तै लाग्ने गरेको अनुभव सुनाउने गरेका छन। तर केही प्राविधिक कमिकम्जोरी र भौगोलिक जटिलताले यात्रालाई प्रभावित बनाइरहेको छ भने सडक सौन्दर्यतालाई पनि विगार्न थालेको छ। 

    नारायणगढ मुग्लिन सडक स्तरोन्नति सम्पन्न गरिएको एक वर्ष नाघेको छ। राजधानी जोड्ने यस सडकखण्ड स्तरोन्नति गरिएको एक वर्षमै विभिन्न स्थानमा टालटुल पारिएको छ। विभिन्न कारणले नयाँ पिचमाथि टालटुल पारिदा दसौँ विसौँ वर्ष पहिले बनाएको पुरानो सडकजस्तै देखिन थालेको छ। यस सडकको आपटारी-रामनगर खण्डको करिव ३ किलोमिटर क्षेत्रमा मात्रै ४ ठाउँमा टालिएको छ।

    आपटारी र रामनगरबीचकाे दूरीमा पर्ने कुनै ठाउँमा ८/१० मिटर नै एक लेन टालिएको छ भने कुनै ठाउँमा ५ मिटर कुनै स्थानमा ३/४ मिटर टालिएको छ। एक ठाउँमा छेउछेउमा करिव ५ मिटर भन्दा बढी टालिएको छ। यस सडकमा यात्रा गर्ने यात्रुले फराकिलो नयाँ पिच यति चाँडै टालिनु दुखद भएको बताएका छन।

    पोखराका जीवन शर्माले १ वर्षमै यसरी पिच टाल्न थालियो भने अवको केही वर्षमा पूरै नारायणगढ मुग्लिन सडक नै सवै टालटुल पारेको मात्रै देख्न सकिने भन्दै चिन्ता व्यक्त गरे। उनले भने, ‘यति धेरै खर्च गरेर स्तरोन्नति गरिएको सडक २० औँ वर्षसम्म केही नहुने गरी बनाउनुपर्ने थियो। १ वर्षमै टाल्न थालियो यो दुखद हो।’

    चितवन भरतपुर महानगरपालिका ११ का महेस लामाले  तातो घामले पिच पग्लिएपछि टालिएको आशंका गर्दै उनले भने यति चाँडै टाल्न थालियो अवको२/४ वर्षमा के होला? उता नारायणगढ मुग्लिन सडक विस्तार आयोजनाले भने भौगोलिक जटिलताका कारण यो अवस्था आएको बताएको छ।

    आयोजनाका सूचना अधिकारी इञ्जिनियर सिव खनालले सडकको छेउमा अग्ला पर्खाल भएको स्थानमा सडक भासिने, ट्रयाक भासिने लगायतका समस्या देखिएको बताए। उनले भने,'कुनै प्राविधिक कम्जोरी नभई भौगोलिक जटिलता र ठूला पर्खाल बनाउदा केही स्थानमा यो समस्या देखिएकाले सडक टाल्नुपर्ने अवस्था छ।' उनका अनुसार निर्माण कम्पनीले अग्लो पर्खाल बनाएपछि राम्रोसँग फिनिसिङ नगरी छाड्दा पानी पसेर सडकको छेउतर्फको ट्रयाक दविएकाले टालिएको हो।

    खनालले भने, 'सडक विग्रियो भने बनाउने निर्माण कम्पनीले नै हाे। एक वर्षसम्म बनाईदिनुपर्ने नियम अनुसार समय अवधिभित्रै मर्मत गरेको हाे।' सडक टालिएको आपटारी रामनगर खण्डमा डिएलएएससिसी जेभी निर्माण कम्पनीले निर्माणको जिम्मा लिएको थियो।

    ३३.२ किलोमिटर लामो यस सडक गत २०७५ साल जेठमा सम्पूर्ण स्तरोन्नतिको काम सम्पन्न भएको थियो। 

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल-thahakhabar16@gmail.com
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: mkt.thahakhabar@gmail.com

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]