अर्थ

मौद्रिक नीति आज सार्वजनिक गर्ने तयारी, प्रवक्ता नै बेखबर
SHARES

साउन ८, २०७६

    काठमाडौं : चालु आर्थिक वर्षका लागि बजेट सार्वजनिक भएको करिब दुई महिनापछि नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०७६/७७ को मौद्रिक नीति  बुधबार सार्वजनिक गर्दैछ। बुधबार ९ बजेदेखि बस्ने सञ्चालक समितिको बैठकबाट पास भएपछि मौद्रिक नीति सार्वजनिक गर्ने तयारी छ।

    राष्ट्र बैंक सञ्चालक समितिका सदस्यहरूले बुधबार नै मौद्रिक नीति सार्वजनिक गर्ने तयारी भएको बताए पनि कतिपय महत्त्वपूर्ण विषयमा अझै सहमति जुट्न नसकेको बताइएको छ। यद्यपि, मौद्रिक नीतिमा विशेष चासोको रुपमा हेरिएको विग मर्जरको विषयलाई भने टुंग्याइएको छ।

    बिग मर्जरका लागि प्रोत्साहन प्याकेज घोषणा गर्ने तयारी राष्ट्र बैंकको छ। नेपाल राष्ट्र बैंकले एक वर्षभित्र मर्जरमा जाने बैंकहरुलाई दुई वर्षसम्म स्प्रेड दरमा सहुलियत दिने तयारी गरेको छ। तर कति सहुलियत दिने भन्ने विषय राष्ट्र बैंक सञ्चालक समितिको बैठकले टुंगो लगाउनेछ ।

    मंगलबार मात्रै बैंकहरूको सेवा शुल्क घटाउन निर्देशन दिएको राष्ट्र बैंकले बैंकहरूका लागि अन्य सुविधा पनि दिने जनाएको छ। राष्ट्र बैंकले  पुँजी, कर्जा र निक्षेप अनुपात (सिसिडी) रेसियो घटाउने वा हटाउने तयारी गरेको छ।

    राष्ट्र बैंकले लघुवित्तीय संस्थाहरुलाई पनि मर्जरमा लैजान प्रोत्साहन गर्ने नीति ल्याउने भएको छ। जेठ १५ मा बजेट आएपछि असार पहिलो सातासम्म मौद्रिक नीति ल्याइने भए पनि यस पटक बैंकहरुको बिग मर्जरका कारण ढिलाइ भएको हो । 

    तर, बुधबार मौद्रिक नीति सार्वजनिक हुन्छ वा हुँदैन भन्ने विषयमा राष्ट्र बैंकका प्रवक्ता लक्ष्मीप्रपन्न निरौलालगयतका कार्यकारी निर्देशकरूलाई पनि जानकारी छैन। 'बुधबार सञ्चालक समितिको बैठक डाकिएको रहेछ,' निरौलाले भने, 'तर कहिले सार्वजनिक गर्ने भन्ने विषयमा खबर छैन।'

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल-thahakhabar16@gmail.com
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: mkt.thahakhabar@gmail.com

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]