अर्थ

वन पैदावारबाट १२ करोड बढी आर्जन

साउन २१, २०७६

    तनहुँ : ‘हरियो वन नेपालको धन’ भन्ने नेपाली उखानलाई तनहुँका सामुदायिक वनले चरितार्थ गर्दै अगाडि बढेका छन्। सामान्य रुपमा घाँस, दाउराका लागि वनको उपभोग गर्दै आएका सामुदायिक वनले वन पैदावार बिक्री गरेर आयआर्जन गरिरहेका छन्।

    सामुदायिक वनले आर्थिक वर्ष २०७५/०७६ मा वन पैदावर बिक्रीबाट १२ करोड एक लाख २७ हजार ८६७ रुपैयाँ आम्दानी गरेको डिभिजन वन कार्यालय तनहुँका प्रमुख डिभिजन वन अधिकृत केदार बरालले जानकारी दिए। एक लाख २४ हजार २१८ क्युफिट काठ बिक्री गरी सो आम्दानी गरेको बरालले बताए। उनका अनुसार वन पैदावार बिक्रीबाट आव २०७४/०७५ मा भन्दा गतवर्ष सामुदायिक वनले दुई करोड रुपैयाँ बढी आम्दानी गरेका थिए।

    जिल्लाका १० वटा स्थानीय तहमा ६१७ वटा वन क्षेत्रको संरक्षण, सम्वर्द्धन, व्यवस्थापन र उपयोगको लागि समुदायलाई हस्तान्तरण गरिएको छ। ती वनबाट ६७ हजार ६१३ घर धुरीका तीन लाख ८८ हजार ३०४ जना लाभान्वित भएको कार्यालयका सहायक वन अधिकृत एवं सूचना अधिकारी बाबुराम देवकोटाले बताए। 

    सामुदायिक वनले वन पैदावार बिक्रीबाट प्राप्त गरेको आम्दानी उपभोक्ताले वन विकास र समूहको भौतिक, आर्थिक, सामाजिक विकासका क्षेत्रमा उपयोग गर्न पाउँछन्। जिल्लाका सामुदायिक वनले पैदावार शुल्कबापत दुई करोड नौ लाख ५२ हजार ३५७ रुपैयाँ राजश्व तिरेको काठ तथा दाउराको लिलाममा १ करोड ८९ लाख १० हजार ८८ रुपैयाँ र आपूर्ति समितिको लागि २० लाख ४२ हजार २६९ रुपैयाँ राजस्व तिरेको कार्यालयले जनाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल-thahakhabar16@gmail.com
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: mkt.thahakhabar@gmail.com

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]