राजनीति

देशलाई नयाँ धारमा लैजान नेतृत्व परिवर्तन आवश्यक : महामन्त्री कोइराला

साउन २२, २०७६

    तनहुँ : नेपाली कांग्रेसका महामन्त्री डा. शशाक कोइरालाले देशलाई नयाँ धारमा लैजानको लागि अहिलेको कांग्रेसको नेतृत्व परिवर्तन गर्नुपर्ने बताएका छन्। नेपाली कांग्रेस तनहुँद्वारा दमौलीमा बुधबार आयोजित कार्यकर्ता भेटघाट क्रममा डा. कोइरालाले काँग्रेसको अब नेतृत्व परिवर्तन नगरिए संकट पर्ने बताएका हुन्।

    'पार्टी सभापति शेरबहादुर देउवाको विरोध गरेको हैन' महामन्त्री कोइरालाले भने ‘अब यस्तो नेतृत्व चाहिन्छ देशलाई नयाँ ढङ्गले अगाडी बढाउन सफल होस् र गुट/उपगुट अन्त्य गरी सम्पूर्ण काँग्रेसलाई एक जुट बनाओस्, समयमै कांग्रेसको नेतृत्व परिवर्तन गर्न सकिएन भने कांग्रेस बलियो हुँदैन।’

    उनले भने ‘पार्टीको महाधिवेशन गर्न डेढ वर्ष बाँकी रहेता पनि आफ्नो ध्यान त्यतातिर गइसकेको उल्लेख गर्दै महामन्त्री कोइरालाले यस्तो सभापति तपाईले रोज्नुस् अब काँग्रेसलाई सबैभन्दा बलियो बनाओस्,’ कोइरालाले भने ‘धर्म राज्यको न सापेक्ष हुन्छ न त निरपेक्ष हुन्छ यो त स्वतन्त्र हुन्छ।’ कांग्रेसको  चार वटा तारामध्ये एक तारा धार्मिक स्वतन्त्रताको भएको डा. कोइरालाको भनाइ थियो।

    कांग्रेसको नेतृत्व परिवर्तनले मात्रै देशलाई गति दिन गरी कांग्रेस बाम एकताले कमजोर नभई कांग्रेसकै कारणले कमजोर भएको बताए। ‘गिरिजाप्रसाद कोइरालाले मलाई मेरो छायाँदेखि डर लाग्छ भन्नुहुन्थ्यो, गुट/उपगुटले नै कांग्रेसलाई पराजित गरेको हो,’ उनले भने। एमाले र माओवादी मिलेर कांग्रेसलाई हराउन नसक्ने उल्लेख गर्दै उनले कांग्रेसले नै हराएकोमा जोड दिए।

    कार्यक्रममा कार्यकर्ताले तनहुँमा पूर्वसहमहामन्त्री गोविन्दराज जोशी पक्षधरले माघ ८ गते देखि सञ्चालन गरेको समानन्तर पार्टी कार्यालयको सन्दर्भका विषयमा उठान गरेका थिए।

    पार्टी सभापति वैकुण्ठ न्यौपानेले नियम बाहिर रहेर छुट्टै पार्टी सञ्चालन गर्ने जस्ता गतिविधि हुँदा कार्यकर्तामा निराशा छाएकोले केन्द्रीय कमिटीले गलत क्रियाकलाप गर्नेलाई कारबाही गर्नुपर्ने औँल्याए। गलत काम गर्नेलाई कारबाही भएन भने इमान्दार कार्यकर्ताको मनोवल गिर्ने सभापति न्यौपानेको जोड थियो।

    ताराप्रसाद श्रेष्ठले समानान्तर समिति गठन गर्दा पनि केन्द्रीय समिति मुख दर्शक भएको उल्लेख गर्दै निरीह नहुन आग्रह गरे। ‘समानान्तर  संगठन ध्वस्त भएको छ मुख दर्शक भएर बस्ने होकि एउटा ठोस निर्णय गर्ने हो? श्रेष्ठले प्रश्न गरे। साथै श्रेष्ठले मरेका कार्यकर्ताको चारतारे झण्डाले सम्मान गर्न जाँदा विवाद हुन पुगेको जानकारी गराए। यस विषयमा महामन्त्री कोईरालाले केन्द्रीय समितिले छिटो भन्दा छिटो ठोस निर्णय लिने बताए।

    नेपाली काँग्रेस तनहुँका कार्यवाहक सभापति जीतप्रकाश आलेको अध्यक्षतामा कार्यक्रमपश्चात् बुधबारै महामन्त्री कोइरालाले मातृशोकमा परेका कांग्रेसका केन्द्रीय सदस्य गोविन्द भट्टराई र उनको परिवारजनलाई व्यास नगरपालिका–११ मुलपानीमा नै पुगेर भेटेका थिए।

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल-thahakhabar16@gmail.com
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: mkt.thahakhabar@gmail.com

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]