थाहा संवाद : स्थानीय सरकार

अहिले पनि महिलालाई घर बाहिर जान दिँदैनन्
SHARES

अरुले बाँदर धपाएर बजेट सके, हामीले दुरुपयोग गरेनौं

साउन २८, २०७६

    डडेल्धुरा :  भागेश्वर गाउँपालिका डडेल्धुराका साविक बगरकोट, भागेश्वर र रुपाल गाविसलाई मिलाएर बनाइएको हो। भागेश्वर गाउँपालिकाको स्थापना २०७३ चैत्र २ गते भएको हो। डडेल्धुरा जिल्लाबाट १४  किमी पश्चिममा रहेको छ भागेश्वर गाउँपालिका। अस्थाइ केन्द्र बगरकोट रहेको उक्त गाउँपालिकाको नामाकरण यस क्षेत्रकै प्रसिद्ध मन्दिर  ‘भागेश्वोर’ को नामबाट गरिएको हो। २३३.३८ वर्ग किमिमा फैलिएको यो गाउँपालिकामा जम्मा ५ वटा वडा रहेका छन्। भने गाउँपालिकाको कूल जनसंख्या १४ हजार १२९ रहेको छ। धार्मिक पर्यटन, लघु जल विद्युत्, जडिबुटी उत्पादन तथा प्रशोधन र प्राविधिक शिक्षाको प्रचुर सम्भावना भएको उक्त गाउँपालिकाका प्रमुख पर्यटकीय स्थलहरु बगरकोट कमल ताल, भागेश्वोर मन्दिर धुरा, बोगटा ऐतिहासिक कोट र सायल झरना हुन्।

    भागेश्वर गाउँपालिकामा स्थानीय तहको निर्वाचनमा अध्यक्ष र उपाध्यक्षमा कांग्रेस उम्मेदवार विजयी भएका थिए। अध्यक्षमा कौशिलाकुमारी भट्ट र उपाध्यक्षमा पदमबहादुर बोहरा निर्वाचित भए। ७ स्थानीय तह रहेको डडेल्धुरामा अध्यक्षमा विजयी हुने कौशिला जिल्लाकै पहिलो महिला हुन्। निर्वाचनमा विजयी भइसकेपछि गरेको काम, आगामी योजनालगायतका विविध विषयमा केन्द्रीत रहेर थाहाखबरकर्मी प्रकाश पार्कीले भागेश्वर गाउँपालिक अध्यक्ष कौशिलाकुमारी भट्टसँग गरेको कुराकानीः

    जनप्रतिनिधि भएर गाउँपालिकामा आएको दुई वर्ष पूरा भइसकेको छ। यो दुई कस्तो रह्यो?

    पहिलो वर्षमा गाह्रो नै रह्यो तर अहिले हामी अनुभवी भइसेका छौँ। पहिलो वर्ष पनि राम्रो योजना ल्यान नसकेको वर्षको अन्ततिर महसुस भएको थियो। यो दोस्रो आर्थिक वर्षमा राम्रा कार्यक्रम ल्याएका छौँ। अहिले विगतका कार्यक्रमलाई निरन्तरता दिँदै केही नयाँ कार्यक्रम ल्याएका छौँ यो वर्ष।

    अन्य स्थानीय सरकारभन्दा फरक केही कार्यक्रमहरु ल्याउनुभएको छ कि?

    अरु भन्दा केही फरक कार्यक्रमहरु ल्याएका छौँ। हाम्रो गाउँपालिकामा ‘उज्यालो भागेश्वर’ कार्यक्रम ल्याएका छौं। विद्युतका लागि अन्य कुनै पनि गाउँपालिकाकाले छुट्याएको मैले कतै पनि देखेको छैन। त्यसैले हामीले ‘उज्यालो भागेश्वर’ कार्यक्रम हौं।

    विकासका पूर्वाधारमा शिक्षा, स्वास्थ्य, यातायातसँगै सञ्चार र विद्युत् पनि आउने भएकाले विद्युतलाई पनि सँगसँगै लैजानुपर्छ भन्ने मान्यताका साथ यसपालि हामीले ‘उज्यालो भागेश्वर’ भनेर एक करोड ६ लाख ७५ हजार रुपैयाँ छुट्याएका छौँ।

    ...भनेपछि दुई वर्षमा भागेश्वर उज्यालो भएको थिएन, अब उज्यालो हुन्छ भन्ने हो?

    होइन, त्यसको अर्थ के हो भने, भागेश्वर गाउँपालिका उज्यालो भएको थिएन भन्दा पनि अझैं पनि हाम्रा गाउँपालिकाका धेरै बस्तीहरु विद्युतीकरण भएका छैनन्। विद्युतीकरण नभएको अवस्थामा विद्युतलाई पनि विकासका पूर्वाधारहरुसँगैसँगै अगाडि बढाउनुपर्छ भन्ने मान्यताका साथ गाउँपालिकालाई उज्यालो बनाउनुपर्छ भनेर ‘उज्यालो भागेश्वर’ कार्यक्रम अघि सारेका हौं।

    त्यसो भए अर्को बजेट ल्याउने बेलासम्म भागेश्वरका सबै बस्तीमा विद्युतीकरण हुन्छ?

    होइन, प्रत्येक ठाउँमा त भन्न सकिँदैन किन भने अहिले हाम्रो गाउँपालिकाको ७५ प्रतिशत ठाउँमा विद्युत छैन। वडा नं. ४, ५ को पनि धेरै ठाउँमा विद्युत् पुगेको छैन। वडा नं. १ मा पनि धेरै ठाउँ विद्युतीकरण हुन बाँकी रहेको छ।

    अहिले पनि समाजले महिलालाई एकदुई दिन तालिममा पठाए पनि काम गर भनेर घर बाहिर जाने दिने अवस्था अझै छैन। कर्णाली पुल पारितिर हेर्ने हो भने प्रायः होटलहरु महिलाहरुले चलाएका हुन्छ। तर हाम्रो समाजमा सानो किराना पसल चलाउन पनि पुरुष नै बस्नुपर्ने अवस्था छ। घरघरको विकास हुनुभन्दा पनि समाज विकास हुनुपर्छ। सबैभन्दा ठूलो कुरा मान्छेको ‘कन्सेप्ट’ विकसित हुनुपर्छ। त्यसपछि विकास भएको मानिन्छ। शिक्षा क्षेत्रमा पनि हामीले त्यत्तिकै लगानी गरेका छौँ।

    वडा नं. ३ मा पनि ७५ प्रतिशत क्षेत्रमा विद्युत पुग्न बाँकी छ भनेपछि हामीले लगभग २५ प्रतिशत विद्युतीकरण भएको ठाउँमा एक करोड बजेटले भ्याउँछ जस्तो लाग्दैन। त्यहीँ पनि यो कार्याक्रम प्रभावकारी भएपछि यसलाई निरन्तरता दिन्छौँ र हाम्रो कार्यकालमा गाउँपालिकालाई उज्यालो बनाउनुपर्छ हो। गाउँपालिकालाई अँध्यारो मुक्त बनाएरै छोड्छौँ।

    विगत दुई वर्षमा स्थानीय सरकारको प्राथमिकतामा सडक पर्‍यो। यो वर्षमा पनि सडकका ट्रयाक खोल्नुहुन्छ?

    डा कार्यालयसम्म पुग्नको लागि हामीले सडक बनाइसकेका छौँ। र, अहिले पनि हामीले सडकमा पैसा छुट्याएका छौँ। कृषिलाई प्राथमिकतामा राखेर कृषि सडकका लागि पैसा छुट्याएका हौं। किसानहरुले उत्पान गरेको वस्तुहरु सजिलैसँग बजारसम्म पुग्न सकुन भन्ने उदेश्यले हामीले कृषि सडकका लागि बजेटको व्यवस्था गरेका हौं।

    हाम्रोमा धेरै सडकका योजानाहरु छैनन्। पोहर साल काट्यौं, परार साल काट्यौं तर केही बस्तीमा सडक पुगेको छैन। एउटा सडकका लागि २० लाख रुपैयाँ छुट्याएका छौँ, त्यो भन्दा बाँकी ५ देखि १० सम्मका सकड योजनाहरु मात्रै छन्।

    अब स्वास्थ्य क्षेत्रको कुरा गरौं, दुई वर्षमा स्वास्थ्यमा कस्तो लगानी गर्नुभयो र कस्तो प्रतिफल पाउनुभयो?

    अरु भन्दा पनि हामीले स्वास्थ्यलाई पनि प्राथमिकतामा राखेका छौँ। यो वर्ष स्वास्थय क्षेत्रमा पनि राम्रै बजेट छुट्याएका छौँ। गाउँपालिकामा ‘होम डेलिभरी’का समस्या त्यतिकै छन्। गाउँपालिकाका दुईवटा वडामा स्वास्थ्य चौकी नै छैन। तीनवटा वडामा मात्रै स्वास्थ्य चौकी छ। क्षेत्रफलका आधारमा हेर्ने हो भने आलिताल गाउँपालिकापछि हाम्रो गाउँपालिकाको ठूलो छ। हामीले महिला र बालबालिकालाई लक्षित गरेर धेरै कार्यक्रमहरु ल्याएका छौँ।

    ‘अध्यक्षको कोसेली’ भनेर हामीले १५ सय बराबर एउटा प्याक राखेका छौँ। तीनवटा स्वास्थ्य संस्थामा ल्याव सेवा संचालन गरेका छौँ। बच्चा र आमाको अवस्था कस्तो छ भन्न बुझ्ना हामीले प्रत्येक महिनामा डडेल्धुरा अस्पतालबाट डाक्टर ल्याए घुम्ती शिविर संचालन गर्दै आएका छौँ। स्वास्थ्य क्षेत्रमा हामीले प्रगति नै गरेका छौँ जस्तो लाग्छ।

    भागेश्वर कृषि क्षेत्रमा अब्बल छ। निर्यात पनि गर्छ। गाउँपालिको लगानी कस्तो छ?

    गत वर्ष हामीले कृषि क्षेत्रमा ५५ देखि ६० लाखसम्म छुट्याएका थियौँ। अहिले पनि हामीले ५० लाख जति विनियोजना गरेका छौँ। बगरकोट क्षेत्रका किसानहरुलाई हामीले धेरै सिकाउनु पर्दैन। उहाँहरु यसको बारेमा जानकार हुनुहुन्छ। किसानहरुलाई ट्याक्टरहरु पनि वितरण गरेका छौँ। किसाहरुलाई बिउ वितरण अनि तालिम पनि प्रदान गरेका छौँ।

    तर, यहाँ बजारको समस्या छ। किसानहरु उत्पादन गर्छन तर बजारमा मूल्य पाउँदैनन्। सिँचाइ नपुगेका क्षेत्रमा सिँचाइको व्यवास्था गरेका छौँ हामीले।

    तपाई धेरै गरेका छौँ भन्नुभयो तर पनि जनतामा अझैं निरासापन छ नि?

    यस्तो क्या सर..! (मुस्कुराउँदै) मान्छेहरुका अवश्यकता असीमित हुन्छन्। अहिले म गाउँपालिका अध्यक्ष भएकी छु भने भोलि मैले यो प्रदेशको सांसद हुनुर्छ। अहिले म मोटरसाइकल चढ्छु भने भोलि गाडीको अपेक्षा राखिसकेँ। त्यसैले केही कुराको पनि एकैपटक कायापलट हुँदैन। अब समस्याहरु पनि धेरै छन्। गाउँपालिका भरी १४ हजार मान्छे छन्। १४ हजार मान्छेलाई एक एक योजना दिन सकिँदैन नि? नसकिनेबित्तिकै रिसाउने? अब हामीले प्राथमिकता आधारमा काम गरेका छौँ। यदि समस्या नै छ भने हामीले समस्याको सामाधान गरेका नै छौँ।

    हाम्रो योजनाहरु हेर्नुस्, अरु भन्दा फरक छन्। ‘प्रधामन्त्री रोजगार कार्यक्रम’ हेर्नुस्, कति बाँदर धपायो भन्ने कुरा सुनियो तर हामीले त्यो पैसाको दुरुपयोग गरेका छैनौँ, सही ढंगले सदुपयोग गरेका छौँ। सबै कुरा एकैपटक गर्न सकिँदैन, बजेटले भ्याउँदैन। विस्तारविस्तारै सबै कुरा हुन्छ।

    गाउँपालिकामा तपाईँ महिला अध्यक्ष हुनुहुन्छ। महिलाका क्षेत्रमा के गर्नुभयो दुई वर्षमा?

    अहिले म गाउँपालिका अध्यक्ष भएकी छु भने भोलि मैले यो प्रदेशको सांसद हुनुर्छ। अहिले म मोटरसाइकल चढ्छु भने भोलि गाडीको अपेक्षा राखिसकेँ। त्यसैले केही कुराको पनि एकैपटक कायापलट हुँदैन। अब समस्याहरु पनि धेरै छन्। गाउँपालिका भरी १४ हजार मान्छे छन्। १४ हजार मान्छेलाई एक एक योजना दिन सकिँदैन नि?

    गत आर्थिक वर्षमा हामीले ९ लाख रुपैयाँ विनियोजन गरेका थियौं। गतवर्ष पनि हामीले कृषिमार्फत महिलालाई आत्मनिर्भर बनाउनका लागि एउटा वडामा २० जना महिला गरी पाँच वडाका १०० जना महिलालाई ‘पोली हाउस’ वितरण गर्यौं र तालिम पनि दियौं। महिलालाई सिलाइकटाइका तालिमहरु पनि दिएका छौँ।

    अहिले पनि समाजले महिलालाई एकदुई दिन तालिममा पठाए पनि काम गर भनेर घर बाहिर जाने दिने अवस्था अझै छैन। कर्णाली पुल पारितिर हेर्ने हो भने प्रायः होटलहरु महिलाहरुले चलाएका हुन्छ। तर हाम्रो समाजमा सानो किराना पसल चलाउन पनि पुरुष नै बस्नुपर्ने अवस्था छ। घरघरको विकास हुनुभन्दा पनि समाज विकास हुनुपर्छ। सबैभन्दा ठूलो कुरा मान्छेको ‘कन्सेप्ट’ विकसित हुनुपर्छ। त्यसपछि विकास भएको मानिन्छ। शिक्षा क्षेत्रमा पनि हामीले त्यत्तिकै लगानी गरेका छौँ।

    बाँकी तीन वर्षे कार्यकालमा कसरी बढ्ने योजना छ?

    चुनावकै घोषणाअनुसार नै अगाडि बढिरहेका छौँ। आगामी तीन वर्षमा पनि यहीअनुसार अघि बढ्छौँ। यो चालू आर्थिक वर्षमा हामीले नीति तथा कार्यक्रम र बजेट राम्रो ल्याएका छौँ। हामीले ल्याएका कार्यक्रमहरु अरुभन्दा केही फरक छन्। पाँच वर्षमा सबैभन्दा नमुना गाउँपालिका बनाउने प्रतिबद्धता गरेका छौँ। त्यही अनुरुप समृद्ध गाउँपालिका बनाउँछौं।

प्रकाश पार्की

पार्की थाहा खबरका डडेल्धुरा समाचारदाता हुन्। 

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल-thahakhabar16@gmail.com
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: mkt.thahakhabar@gmail.com

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]